दलबदलु सबै पराजित

दलबदलु सबै पराजित

गौर : उम्मेदवारी दर्ताको केही दिन अघि दल बदलेर उम्मेदवार बनेका तथा व्यापारी पृष्ठभूमिका उम्मेदवार रौतहटमा पराजित भएका छन्।

मनोनय दर्ताको केही दिन अघि दल बदलेर प्रतिनिधिसभा सदस्यको टिकट पाएका रौतहट क्षेत्र नम्बर ३ का कांग्रेस परित्याग गरी राजपा नेपालबाट उम्मेदवार बनेका ओमप्रकास जैयसवाल तथा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका कन्थमणिप्रसाद कलवारले ते श्रो स्थानमा चित्त बुझाउनु परेको छ। यस्तै नयाँ शक्ति पार्टी छाडेर मनोनयन दर्ताको केही दिनअघि संघीय समाजवादी फोरम प्रवेश गरी टिकट पाएका किरणकुमार साहले प्रतिनिधिसभा सदस्य पदमा रौतहट क्षेत्र नम्बर २ मा पराजित भएका छन्।

क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदबार दिए सिंह पनि पराजित भए। क्षेत्र नम्बर ४ बाट कन्थमणिप्रसाद कलवारले ७ हजार ८ सय ८१ मत, क्षेत्र नम्बर ३ का ओमप्रकाश जैयसवालले १४ हजार ६ सय ५८ मत र क्षेत्र नम्बर २ मा किरणकुमार साह १६ हजार ८ सय ६५ मत र क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बबन सिंहले १ हजार ६ सय ६९ मत पाएका थिए।

क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका कलवार स्थानीय तह निर्वाचनमा गरुडा नगरपालिकाको मेयरमा उठेका थिए। मेयरमा टिकट पाउने आशामा कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका कलवारलाई माओवादीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

लामो समय उद्योग वाणिज्य संघको विभिन्न उच्च पदमा रहेका कलवारले दुवै चुनावमा धेरै रकम खर्च गरेको कार्यकर्ता बीचमा नै चर्चा छ। प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा उठेका साहले स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट राजपुर नगरपालिकाको उपमेयरमा श्रीमतीलाई उठाएका थिए। उनी पराजित भएकी थिइन्।

यस्तै क्षेत्र नम्बर ३ मा उठेका जैयसवालले कटहरीया नगरपालिकको मेयर पदमा काग्रेसबाट छोरालाई उठाएका थिए। तर उनी पराजित भएका थिए। वर्षौदेखि डिष्टिलरी उद्योग सञ्चालन गर्दै आएका जैयसवालको रौतहटमा दुई वटा डिष्टिलरी उद्योग छन्। यता क्षेत्र नम्बर १ का उम्मेदवार सिंहकी श्रीमती राजदेवी नगरपालिकाको उपमेयर पदमा संघीय समाजवादी फोरमबाट बिजयी भएकी थिइन्।

रौतहटको १ नम्बर क्षेत्रको प्रदेश क मा प्रदेशसभा संसद्को उम्मेदवारी दिएका नागेन्द्र साह पनि पराजित भएका छन्। कांग्रेसबाट टिकट पाएका साह निमार्ण व्यवसायी संघ रौतहटका अध्यक्ष हुन्।

यस्तै सोही क्षेत्रको प्रदेश खबाट प्रदेश सभा संसद्को उम्मेदवार बनेका राजेश चौधरी पराजित भए। चौधरी विडी उद्योग सञ्चालक हुन्। उनको दुर्गा भगवती १ मा विडी उद्योग छ। रौतहट ४ को प्रदेश खबाट पूर्व आइजीपी प्रदिपशम्शेर जवरा पनि पराजित भएका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन्।

व्यापार व्यावसायमा लामो समयदेखि लागेकाहरू पैसा र पहँुचको भरमा टिकट ल्याएर उम्मेदवार बनेकाले हार बेहोर्नु परेको रौतहटका मतदाताको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.