दुई सयको जमानत जफत

दुई सयको जमानत जफत

गौर : रौतहतका चार निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका दुई सय जनाको जमानत जफत भएको छ। रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहको जमानत जफत भएको छ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद बनेका साहले ३ सय ३८ मत मात्रै पाएका छन्। पूर्वसभासद बबन सिंहको पनि जमानत जफत भएको छ। सिंहले २०६४ को संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। यो निर्वाचनमा १ नं क्षेत्रबाट उम्मेदवार बनेका सिंहले एक हजार ६ सय ६९ मत मात्रै पाए।

रौतहटका एकसय ९८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। दशप्रतिशत भन्दा कम मत ल्याएका उम्मेदवारको जमानत जफत भएको हो।

रौतहटको चारवटा प्रतिनिधि सभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुई सय ३५ जनाको उम्मेदवारी परेको थियो। एक सय ४४ जना प्रदेशमा र ९१ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। प्रतिनिधि सभाका चारवटै निर्वाचन क्षेत्रका ८० जना उम्मेदवारको जमानत जफत भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.