ओलीलाई रैथाने परिषदको शुभकामना

ओलीलाई रैथाने परिषदको शुभकामना

काठमाडौं : रैथाने एकता परिषद्ले एमालेका अध्यक्ष केपी ओलीलाई निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएको छ । परिषद्का संयोजक सन्तोष बराइलीसहितको टोलीले शनिबार बिहान ओली निवास बालकोट पुगेर बधाई र शुभकामना लेखिएको ताम्रपत्र हस्तान्तरण समेत गरेको छ।

ओलीलाई सम्बोध नगरिएको ताम्रपत्रमा भनिएको छ, ‘अस्थिर, पछौटे र बिपन्न मुलुक नेपाललाई समृद्धिको दिशामा अघि बढाउने अभियानको नेतृत्व गर्ने महान अवसर नेपाली जनताले यो निर्वाचनबाट यहाँलाई दिएकोमा नेकपा एमालेका आदरणीय अध्यक्ष राजनेता केपीशर्मा ओलीलाई हार्दिक बधाई छ । नेपाली जनताको समृद्धि प्राप्त गर्ने सपना पूरा गर्न सफल बन्नुहोस्, हार्दिक शुभकामना ।’

तराई क्षेत्रमा अंगिकृत नागरिकको बोलबाला बढेकोविरुद्ध रैथाने नेपालीलाई अघि बढाउन स्थापित परिषदले चुनावमा वाम गठवन्धनलाई समर्थन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.