८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक

८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाकी ८० वर्षीया विन्दा सुवेदीले उत्कृष्ट अभिभावकको सम्मान पाएकी छिन् । जनता माध्यमिक विद्यालय गौरीडाँडाले आाफ्नो ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको असरमा उनलाई दोसल्ला ओढाई सम्मान पत्र समेत प्रदान गरिको हो ।

११ बर्षीया नातिनी अनुपमालाई अनुशासित बनाएर समयमा विद्यालय पु¥याउन भुमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष राजन ढुङ्गनाले बताए । उनले भने, ‘पाँच सय बढी अभिभावकले बच्चालाई पढाउने यस विद्यालयमा विन्दा सुवेदीलाई असल अभिभावक छानिएको हो ।’ विन्दाकी नातिनी कक्षा ५ मा पढ्छिन् । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने शिक्षक, अभिभावक, शिक्षा प्रेमीलाई समेत सम्मान गरिएको थियो ।

‘विद्यालयको भरमा मात्रै बच्चा पढिहाल्छ भनेर छोड्नु हुदैंन,’ सम्मान थाप्दै विन्दाले भनिन्, ‘बुढेसकालमा सम्मान पाए । खुशी लाग्यो ।’ महोत्तरी ३ प्रतिनिधिसभा सदस्यमा निर्वाचित विनाविभागीय मन्त्री समेत रहेका गिरिराजमणी पोखरेलले सम्मान पत्र प्रदान गरेका थिए । बालबालिकाको भविष्य निर्माणमा अभिभावकको महत्वपूर्ण भूमिका हुने मन्त्रि पोखरेलले बताए । ‘शिक्षा चुनौतीलाई सामना गर्ने हतियार हो । शिक्षाले समाजलाई परिवर्तन गर्छ’ उनले भने ।

जनता माध्यमिक विद्यालय प्रदेश २ कै सुविधा सम्पन्न सामुदायिक विद्यालयको सूचीमा पर्छ । विद्यालयमा बालीविज्ञान तथा पशुविज्ञानको प्राविधिक शिक्षा समेत संचालन गरिएको छ । प्रधानाध्यापक नेत्र रमतेलका अनुसार २८ जिल्लाका विद्यार्थीहरु पठन पाठन गर्ने विद्यालयमा अंग्रेजी माध्यमा पढाईन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.