बाल्टिमोरको बानाले किन्यो आफ्नै भवन
डीसी : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरको मुनाफारहित सामाजिक संस्था वाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरीका (बाना) ले आफ्नै भवन खरिद गरेको छ।
झन्डै १३ बर्षसम्म अन्य भवनबाटै काम गर्दै आएको बानाले शनिबार आफ्नै भवन खरिद गरेको हो। सपना साकार भएकोमा संस्थाकी अध्यक्ष अनु श्रेष्ठ वन्ताले दाता जसले परदेशमा दुख गरेर कमाएको रकम समुदायले अगाडि सरेको गुरु योजनालाई साकार बनाउन अहम भूमिका निर्वाह गरेको बताइन्।
‘अध्यक्ष पदको उम्मेदवार हुँदा आफ्ना प्रतिबद्धता जाहेर गर्ने क्रममा सबै भन्दा पहिला बानाले अघि सारेको सामुदायिक भवन आफ्नो प्रथम प्राथमिकता रहेको स्मरण गर्छु,’ अध्यक्ष श्रेष्ठले भनिन्।
बानाले किनेको भवन एकल घर (सिङ्गल हाउस) हो भने उक्त भवनमा दुई तल्ला छन्। उक्त सामुदायिक भवन आवसीय भन्दा पनि व्यापारिक उपयोगी देखिन्छ। सन् २००४ मा स्थापना भएको बानाले २०१७ को अन्तिम महिना देखि अब आफ्नै भवनमा बैठक तथा कार्यक्रम गर्ने छ।