कमल थापासँग भक्कानिए कृष्ण सिटौलालाई हराउने लिङदेन

कमल थापासँग भक्कानिए कृष्ण सिटौलालाई हराउने लिङदेन

बिर्तामोड : झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन पार्टी अध्यक्ष कमल थापालाई आभार व्यक्त गर्दागर्दै भक्कानिएका छन्। झापाको बिर्तामोडमा शनिबार बधाई दिन आयोजित कार्यक्रममा बोल्दाबोल्दै लिङदेन भक्कानिएका हुन्। उनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए। लिङदेनलाई एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए।

अरू ठाउँमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा भने वामपन्थी दलसँग चुनावी तालमेल गरेको थियो। झापामा राप्रपाका तर्फबाट उनी एक्ला उम्मेदवार थिए। उनलाई जिताउन भनेर एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक उनको चुनावी कार्यक्रममा पुगेका थिए।

शनिबार लिङ्देनलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको उपस्थिति थियो। लिङदेन भावुक बनेपछि कार्यक्रममा एकाएक मौनता छाएको थियो। उनी मन्तव्यको सुरुमै भावुक बनेका थिए। ‘आफू हारेर मलाई जिताउन लाग्ने पार्टी नेतृत्वप्रति आभार प्रकट गर्नुबाहेक अन्य केही छैन मसँग’, उनले भने। यति बोल्दाबोल्दै उनको गला रोकिएको थियो। उनले आफूलाई सम्हाल्दै भने, ‘हामी हारेका छौं, ढलेका छैनौं।’

राप्रपा अध्यक्ष थापाले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अकल्पनीय र निराशाजन हार बेहोर्नुपरेको बताए। पार्टी अध्यक्षको नाताले हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष थापाले हारको कारणबारे अध्ययन भइरहेको बताए। हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुःखद् भएको उनको भनाइ थियो।

गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोलेका थापाले अब राप्रपाले सडक र सदनमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने सुनाए। उनले झापाबाट लिङदेन विजयी बनेर पार्टीकै शाख जोगाएको धारणा व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.