समानुपातिकको मतगणना सकियो, एमाले पहिलो,कांग्रेस दोस्रो, माओवादी तेस्रो

समानुपातिकको मतगणना सकियो, एमाले पहिलो,कांग्रेस दोस्रो, माओवादी तेस्रो

काठमाडौँ : समानुपातिकको मतगणना सकिएको छ। मतगणना सकिएपछि निर्वाचन आयोगले औपचारिक घोषणाको तयारी गरेको छ। आयोगका प्रवक्ता नवराज ढकालले मतगणना सकिएको जानकारी दिए। उनले अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए। 

निर्वाचन आयोगका अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरी पहिलो दल भएको छ भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएर दोस्रो दल बनेको छ। समानुपातिकमा एमाले भन्दा झिनो मतले मात्रै कांग्रेस पछाडि देखिएको छ। कांग्रेसभन्दा एमालेले ४५ हजार १०५ मत बढी ल्याएको छ ।
उता प्रत्यक्षतर्फ भने एमालेले ८० सिट जितेको छ भने कांग्रेसले २३ सिट मात्र जितेको छ।

नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ। उसले प्रत्यक्षमा ३६ स्थानमा जित हासिल गरेको छ। प्रत्यक्षमा कांग्रेसले भन्दा बढी सिट जितेको भएपनि समानुपातिकको मतपरिणामका कारण माओवादी केन्द्र तेस्रो दल हुने भएको छ। ११ स्थानमा जित हासिल गर्न सफल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले समानुपातिकतर्फ ४ लाख ७२ हजार २५४ मत प्राप्त गरेको छ भने मधेसवादी अर्को दल संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत प्राप्त गरेको छ। फोरमले प्रत्यक्षमा १० स्थानमा जित हासिल गरेको छ।

मतगणना अन्तिम चरणमा पुग्दा एमाले, कांग्रेस, माओवादी, राजपा र फोरम मात्रै राष्ट्रिय दल हुने निश्चित भएको छ। प्रत्यक्षमा १/१ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। निर्वाचनको समय चर्चामा रहेको विवेकशील साझा पार्टी पनि राष्ट्रिय दल नहुने भएको छ। समानुपातिकको मतको आधारमा विवेकशील छैठौँ ठूलो पार्टी भएको छ। विवेकशीलले २ लाख १२ हजार ३६३ मत प्राप्त गरेको छ। राष्ट्रिय दल हुन ३ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्ने कानुनी व्यवस्था छ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.