अब लाम लागेर गाडी चढ्नुपर्ने, नटेर्नेलाई कारबाही

अब लाम लागेर गाडी चढ्नुपर्ने, नटेर्नेलाई कारबाही

काठमाडौँ : तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।

महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् ।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।

बूढानीलकण्ठ–एनएसी मार्गका माइक्रोबस चालक विवेक तामाङ लाम बस्ने व्यवस्थाले आफूहरुलाई मानिस उकाल्न तथा ओराल्न सहज हुने बताए “मानिस ओर्लन पाएको छैन यात्रुलाई चढ्न हतार हुँदा मानिस ठेलमठेल गर्न पुग्छन्, कोही त घाइते पनि हुन्छन्,”, उनले भने ।

यस्तै एनएसी– गोँगबु मार्गका माइक्रोबस चालक रुद्र खड्का लाम बसेर चढ्ने बानी बसाल्दा सवारी चालक तथा सहचालकलाई काम गर्न सहज हुने स्पष्ट गर्नुहुन्छ “मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ,”, उनले भने ।

एनएसीबाट बूढानीलकण्ठ जान लागेकी राधिका सापकोटा बस कहाँ पाइन्छ भन्नेबारे सूचनापाटी नराख्दा अन्योलमा परेको गुनासो गरिन “लाइन त बस्ने भनियो, कुन रुटको गाडी कुन ठाउँमा पाइन्छ भन्नेबारे हामीले कसरी थाहा पाउनू”, उनले बताइन्।

यी केवल प्रतिनिधि पात्र मात्र हुन् धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन् केही महिना अगाडि मात्र काठमाडौँ खरीबोट– वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो उक्त कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए “यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ”, उनले बताए ।

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ सुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उनको भनाइ ।

सो अभियानलाई सहयोग पु¥याउन महाशाखाले स्काउट र स्वयम्सेवकसमेत परिचालन गर्नेछ नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौँ उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.