सिडिओ र एलडिओको मिलेमतोमा गिटी, बालुवा तस्करी

सिडिओ र एलडिओको मिलेमतोमा गिटी, बालुवा तस्करी

धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल पराजुली र स्थानीय विकास अधिकारी (एलडिओ) तुलसीबहादुर श्रेष्ठको मिलेमतोमा धरान उपमहानगरपालीका पूर्व सेउतीखोलामा स्काभेटर प्रयोग गरी ढुङगा, गिटी र बालुवा तस्करी सुरु गरिएको छ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्शट्रक्सनका ठेकेदारसँग मिलेमतो गरी अनाधिकृत रुपमा ठेक्का लगाएर नदीजन्य पदार्थको तस्करी सुरु भएको हो। सरकारले मानव बस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्वजनिक स्थलको पाँच सय मिटर वरपर खोलानालामा ठेक्का लगाउन नपाउने गरि प्रतिबन्ध लगाएको छ।

खोलानाला संरक्षण समितिका संयोजक समेत रहेका (सिडिओ पराजुलीको प्रत्यक्ष संलग्नतामा स्थानीय एलडिओ श्रेष्ठले इटहरीका ठेकेदार भीम पौडेलको पाथीभरा सप्लायर्सलाई ठेक्का लगाएका छन्। उता सेउती खोलामा तस्करी भएको भन्दै स्थानीय वासिन्दाले तस्करी गर्नेलाई कडा कारबाही माग गरेका छन्।

धरान १५ का वडाअध्यक्ष नरेशकुमार इवारमले राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा गैह्र कानुनी ठेक्का लगाउने स्थानीय एलडिओ श्रेष्ठ र सिडिओ पराजुलीलाई कारबाही गर्न माग गरेका छन्। जिविसले अनाधिकृत रुपमा सेउती खोलामा नदीजन्य पदार्थको उत्खनन गर्न दिएकाले कोसी राजमार्गमा पर्ने सेउती खोलाको पुल, पानमारा जाने निर्माणाधिन पक्की पुल, मोटरबाटो र चारकासे जङ्गललाई गम्भीर असर पुर्याएको उनको आरोप छ।

ठेकेदारहरु इटहरीका भीम पौडेल, चतराका सुरेश श्रेष्ठ र अर्जुनसिंह भण्डारीले युवा परिचालन गरी एक सय भन्दा बढी ट्रिपर र ट्रयाक्टरमा नदीजन्य पदार्थको तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ।

सरकारले उत्खनन गर्न प्रतिबन्ध लगाए पनि जिल्ला समन्वय समितिले सुनसरीको सेउतीखोला, सर्दुखोला, खारखोला, बाँघखोला, बुढिखोला, शेहराखोला आदिमा ठेक्का लगाएर उत्खनन गर्न ठेकेदारलाई अनुमति दिएको हो। धरानको सेउती खोला र शेहरा खोलामा उत्खनन गरिएका कारण बुढीखोला, शेहरा खोला र सेउती खोलाको बाढी अनियन्त्रित भइ इटहरीका विभिन्न बस्तीमा पसेर ८ जनाको ज्यान लिनुका साथै सयौ घर डुबाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख कालिप्रसाद पराजुलीले अनाधिकृत रुपमा ठेक्का लगाएर सेउती खोलामा भइरहेको नदीजन्य पदार्थ उत्खनन र निकासी बन्द गर्न सुनसरीका सिडिओ र एलडिओलाई निर्देशन दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.