सुनसरीमा समानुपातिकमा एमाले पहिलो

सुनसरीमा समानुपातिकमा एमाले पहिलो

धरान : सुनसरीका चार निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा एक सिट मात्र जितेको एमाले समानुपातिकमा पहिलो पार्टी बनेको छ। एमालेले खसेको सदरमत ३ लाख १० हजार ६ सय १४ मध्ये प्रतिनिधिसभामा एक लाख १६ हजार ४ सय २ मत प्राप्त गरी समानुपातिकमा बढी मत प्राप्त गरेको छ। एमालेले प्रदेशतर्फको समानुपातिकमा पनि सुनसरीमा सबैभन्दा बढी मत प्राप्त गरेको छ। आइतबार सम्पन्न मत परिणामअनुसार एमालेले प्रदेशतर्फको समानुपातीकमा एक लाख १७ हजार ७ सय ९५ मत प्राप्त गरेको छ।

कांग्रेसले प्रतिनिधिसभा समानुपातीकमा एक लाख १२ हजार ४ सय ३८ मत र प्रदेशमा एक लाख २ हजार २सय ९४ मत प्राप्त गरेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १९ हजार ५ सय ९१ र प्रदेशसभामा २० हजार ७ सय ४७ मत प्राप्त गरेको छ। संघीय समाजवादी फोरमले सुनसरीमा प्रतिनिधिसभामा १६ हजार ८ सय २६ र प्रदेशसभामा १७ हजार ५ सय २६ मत प्राप्त गरेको छ। राजपाले प्रतिनिधिसभामा ६ हजार ३ सय ७० र प्रदेशसभामा ५ हजार ८ सय ३१ मत प्राप्त गरेको छ।

यहि मंसिर २१ गते सम्पन्न निर्वाचनबाट सुनसरी क्षेत्र नम्बर १ मा एमालेका जयकुमार राई निर्वाचित भएका छन्। क्षेत्र नम्बर २, ३ र ४ मा कांग्रेसका क्रमशः सिताराम मेहता, विजय गच्छदार र ज्ञानेनद्र कार्की निर्वाचित भएका छन्।

प्रदेशसभामा सुनसरी क्षेत्र नम्बर १ (क) मा एमालेका प्रदिप भण्डारी र (ख) मा भीम आचार्य विजयी भएका छन्। क्षेत्र नम्बर २ (क) मा एमालेका सर्बध्वज साँवा निर्वाचित भएका छन्। क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका राजिव कोइराला विजयी भए। क्षेत्र नम्बर ३ (क) मा एमालेका लिलम बस्नेत विजयी भए भने। (ख) मा कांग्रेसका अगमलाल चौधरी विजयी भए। क्षेत्र नम्बर ४ (क) मा एमालेका जगदिशप्रसाद कुसैयत विजयी भएका छन् भने (ख) मा कांग्रेसका महम्मद ताहिर मियाँ विजयी भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.