मार्न तयार पारिएका रुखलाई यसरी बचाइयो (फोटोकथा)

मार्न तयार पारिएका रुखलाई यसरी बचाइयो (फोटोकथा)

विराटनगर : विराटनगरका सडकमा खटिने सिकर्मी र मजदुरले आरा लगाएर धमाधम रुख काट्दै गरेको दृश्य नगरवासीलाई अनौठो लाग्न छोडिसक्यो। रुख ढालेको, हाँगा छिमोलेको र रुख काटेर ट्रकमा लोड गर्दै ओसारेको दृश्य निर्माणाधीन विराटनगर-इटहरी सडकमा पनि सामान्य बनिसकेको छ।

रुखबिनाको सडक आसपासको हविगत कपाल खुइलिएको तालु जस्तै बनेको छ। बच्न सक्ने र बचाउन मिल्ने रुखको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सरकारी योजना नै नबनाई थालिएको काम तिव्र रुपमा अगाडि बढ्दा विराटनगरका युवाले भने स्वतःस्फूर्त रुख बचाउने नौलो अभियान सुरु गरेका छन्।

परिवर्तन सानो सोच र सानै कामले सम्भव छ भन्ने उदाहारण पेस गर्न उनीहरु सफल भएका छन्। विराटनगरको मुख्य सडकमा रुख मासेको दृश्यभन्दा यो अलि फरक छ। यो काम रुख मास्न नभएर बचाउनका लागि सुरु गरिएको हो।

विराटनगरमा मुख्य राजमार्गसहित भित्री सडक धमाधम निर्माण भइरहेका छन्। महानगरपालिका र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत भइरहेको कामको क्रममा धेरै रुखहरु काटिदैछन्।

विराटनगरका अगुवा युवा पारुल क्षेत्रीले समूहगत प्रयासमा सडक फराकिलो बनाउँदा मासिन सक्ने रुख बचाउने अभियान सुरु गरेका हुन। सडक आसपासका रुखलाई जरैदेखि उखेल्ने, रिक्सामा लोड गर्ने र सिंघिया नदी किनारसम्म लगेर रोप्ने काम भइरहेको क्षेत्रीले बताए। ठूला योजनाका फेहरिस्त बनाउने तर व्यवहारमा लागू नगर्ने प्रवृत्तिकै कारण हाम्रो सामाज पछौटेपनको सिकार भएको छ। परिवर्तनको ढोका खोल्न युवा उत्साह र जागरणको पनि ठूलो महत्व हुन्छ।

यस्तै महत्व बुझेका युवाले औद्योगिक नगर विराटनगरमा रुख बचाउन एउटा राम्रो तर प्रशंसनीय कामको सुरुवात गरेका छन्। यो त्यही खोला हो जहाँ बाढी आउँदा साउन २८ र त्यसपछि बाढीले विराटनगर डुबानमा परेको थियो। क्षेत्री भन्छन्,‘मार्न ठिक्क पारिएका रुखलाई बचाउने काममा गरेका हौं। घरमा हुर्किएका तर काट्न ठिक्क पारिएका रुख बिरुवालाई समेत सम्बन्धित धनीसँग अनुरोध गरेर जरैसहित उखेलेर फेरि रोप्ने व्यवस्था गरेका छौं।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.