सरकारले जनमतको सम्मान गरेन : ओली

सरकारले जनमतको सम्मान गरेन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनमतको सम्मान नगरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार वाम गठबन्धनले राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘वर्तमान सरकार जनताले दिएको जनमतको अपमान गर्दै लोकतान्त्रिक मान्यता विपरित अगाडि बढेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न ओलीले आग्रह गरेका छन्। ‘जनताले दिएको मतको सम्मान गर्दै सरकारले नयाँ सरकार गठबनको मार्ग प्रशस्त गर्नुपर्छ’, ओलीले भने, ‘वाम गठबन्धनलाई अगाडि बढ्ने अधिकार जनताले दिएकाले यो प्रक्रियालाई कसैले रोक्न सक्दैन ।’

ओलीले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा सरकारले सरुवा, बढुवा, नियुक्ति गरेर लोकतान्त्रिक मान्यता विपरित गतिविधि सञ्चालन गरेकोप्रति समेत आपत्ति जनाए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.