निजीक्षेत्रलाई फकाउँदै ओली, व्यवसायी भन्छन्ः लगानी सुरक्षित होस

निजीक्षेत्रलाई फकाउँदै ओली, व्यवसायी भन्छन्ः लगानी सुरक्षित होस

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले निजीक्षेत्रलाई फकाउन सक्रिय छन् । नयाँ सरकार निर्माण प्रक्रिया अघि बढिरहेका बेला ओलीले निजीक्षेत्रका अगुवाहरुलाई भेट्दै विश्वासमा लिने प्रयासमा सक्रिय भएका छन् ।

आइतवार निजी निवास बालकोटमा नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटका क्रममा पूर्व प्रधानमन्त्री ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने घोषणा पनि गरेका छन् ।

अध्यक्ष ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिबी हटाउने बताए । वामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै सरकारको नेतृत्व लिने तयारीमा रहेका उनले नेपाल उद्योग परिसंघको नेतृत्वसँग मुलुकबाट गरिवी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना पनि सुनाए ।

अध्यक्ष ओलीले अहिले विश्व नै उत्पादन बढाएर गरिबी हटाउने अभियानमा लागिरहेको स्मरण गराउँदै नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए । उनले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अघि बढने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले निर्यात व्यापार प्रवद्र्धन, रोजगारीको अवसर थप सिर्जना गर्न र मुलुकबाट गरिवी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गरे । उनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक गर्न लागि पर्ने पनि दोेहो¥याए ।

अध्यक्ष ओलीले अव बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने पनि बताए । उनले मुलुकलाई आधुनिक र सभ्य बनाउँदै जनताको जीउ÷धनको सुरक्षा गर्ने, सबैलाई न्याय र अवसर प्रदान गर्ने र भयरहित समाज निर्माणमा जुट्ने पनि बताए ।

त्यसमा अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले मुलुकलाई समृद्ध बनाउने उपयुक्त वातावरण बन्न गएकाले त्यसलाई अवसरको रुपमा लिएर नयाँ सरकारले काम गर्ने विश्वास पनि व्यक्त गरे । अध्यक्ष शर्माले ओलीलाई मुलुकलाई समृद्ध बनाउन ‘मिसन’ र ‘भिजन’ भएको नेताको रुपमा पनि चित्रण गरेका थिए । त्यस अवसरमा उद्योगी व्यवसायीहरुले नयाँ सरकारले लगानीमैत्री वातावरण बनाउने विश्वास व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.