सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गत विजेता छनाेट

सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गत विजेता छनाेट

काठमाडौं : मनी ट्रान्सफर सम्बन्धी सेवा उपलब्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले उपहार योजना अन्तर्गत विद्युतीय लक्की  ड्रमार्फत विजेता छनाेट गरेको छ । २०७४ सालको विजया दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै ९० दिनसम्म चल्ने सिटी एक्सप्रेस उत्सव एक्सप्रेस उपहार योजना सार्वजनिक गरेको थियो ।

जस अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रकम पठाए वापत दैनिक रुपमा एकजना भाग्यशाली विजेतालाई एक तोला चाँदीको सिक्का, क्याप, टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा एक विजेतालाई ओप्पो मोवाइल र हरेक महिना एकजना विजेतालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गर्ने घोषणा गरेकाे थियाे ।

साथै उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार प्राप्त गर्ने घोषणा गरिएको थियो । यो योजना २०७४ भाद्र १८ देखि मंसिर १५ सम्म चलेको थियो । उपहार योजनामा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गर्न सफल भएका छन् ।

कम्पनीका ब्राण्ड एम्बेसेडर सिताराम कट्टेल (धुर्मुस) र प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा फेसबुक लाइभ कार्यक्रम आयोजना गरी बम्पर उपहार रेनौल्टको क्विड आर एक्सएल कार विजेता छनौट गरिएको थियो ।

लक्की  ड्रबाट साउदी अरबको टेलीमनीबाट ईलाम निवासी श्रीमती बिमलादेवी तामाङ्गलाई पैसा पठाए वापत जमन तामाङ्ग छानिएको प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.