बाजेको सेकुवा अब बुटवल मिलनचोकमा

बाजेको सेकुवा अब बुटवल मिलनचोकमा

काठमाडौं : बाजेको सेकुवाको १३ औं शाखा बुटवलमा सुरु हुने भएको छ । चार दशक अघि काठमाडौं एयरपोर्ट चौरबाट सुरु भएको बाजेको सेकुवा रेष्टुुुरेण्ट संजालको रुपमा परिणत भएको छ । नेपालका साथै अन्तराष्ट्रिय परिचयको रुपमा आफुलाई स्थापित गर्न सफल बाजेको सेकुवा फ्रान्चाईज मोडेल अवलम्वन गर्ने नेपालकै पहिलो रेष्टुरेण्ट हो ।

बाजेको सेकुवाका पारखीले यही पुष महिनादेखी बुटवलमा पनि लोकप्रिय विभिन्न सेकुवाका भेज ननभेज परिकारको स्वाद लिनपाउने भएका छन् । फ्रान्चाईज मोडलमा आधारित बुटवल शाखा बाजेको सेकुवाको उपत्यका बाहिर सञ्चालित तेस्रो शाखा हो ।

बाजेको सेकुवाका फ्रान्चाईजहरु बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्र्तगत सञ्चालन हुन्छन् । कम्पनीले बाजेको सेकुवाका लागि आवश्यक विभिन्न स्वच्छता, गुणस्तर र एकरुपताका मापदण्ड तयार पारी सोही अनुसार फ्रान्चाईजमा लागु गरि समय समयमा निरीक्षण पनि गर्दछ । यसले गर्दा फ्राञ्चाईज रेष्टुरण्टले त्यही बाजेको सेकुवाको मौलिक स्वाद र सत्कार कायम गर्न सफल हुन्छन् ।

हालै बुटवलमा सञ्चालन हुने शाखा कुलचन्द्र पाण्डे, भोज राज पाण्डे र शंकर पाण्डेको संयुक्त निगरानीमा सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.