कुन प्रदेशमा कसको सरकार ? १ र ३ मा एमालेको बहुमत

कुन प्रदेशमा कसको सरकार ? १ र ३ मा एमालेको बहुमत

काठमाडौं : एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ। प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ। त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ।

प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ। ५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ।

प्रदेश २ मा मधेसी दलको बहुमत
प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको झिनो बहुमत प्राप्त गर्ने देखिन्छ। फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९-९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ

प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ।

प्रदेश ४, ५, ६ र ७ मा वामको बहुमत
प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ।

त्यस्तै ६ सिट जितेको कांग्रेसले ६ सिट समानुपातिकमा पाउने सम्भावना छ। २ सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाले १ सिट समानुपातिक पाउने छ। कुल ७ सिट रहेको प्रदेश ५ मा प्रत्यक्षमा २ सिट एमालेले जितेको छ भने १६ सिट समानुपातिकमा पाउने सम्भावना छ। त्यस्तै माओवादीले प्रत्यक्षमा १६ सिट जितेको छ। ६ सिट समानुपातिकमा पाउने देखिन्छ। प्रदेश ५ मा एमाले र माओवादी स्पष्ट बहुमतमा छन्।

प्रत्यक्षमा ५ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा १३ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ३ सिट जितेको फोरमले समानुपातिकमा २ र राप्रपाले १ सिट पाउने अवस्था छ।

प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सिट गरी कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ। समानुपातिकमा ६ सिट पाउने देखिन्छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादीलाई समानुपातिकमा ४ सिट मिल्ने अवस्था छ। प्रदेश ६ मा एमालेको बहुमत नभए पनि वाम गठबन्धन भने स्पष्ट बहुमतमा छ। प्रत्यक्षमा १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा एमालेकै हाराहारीमा सिट पाउने देखिन्छ।

प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ सिट रहेको प्रदेश ७ मा कसैको एकल बहुमत आउने सम्भावना छैन। प्रत्यक्षमा १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाउने देखिन्छ। बहुमतको लागि २७ सिट आवश्यक पर्छ। माओवादीले प्रदेश ७ मा प्रत्यक्ष तर्फ १० सिट जितेको छ भने समानपातिकमा ४ सिट लिने छ। यहाँ एमाले र माओवादीको स्पष्ट बहुमत छ। उता प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले प्रदेश ७ मा सबै भन्दा बढी ८ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको राजपाले समानुपातिकमा २ सिट पाउने छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.