सिंहदरबारबाटै टायर चोरी

सिंहदरबारबाटै टायर चोरी

काठमाडौं : राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर भएको रहस्य खुलेको छ । डीएसपीको कमान्डमा सिंहदरबारभित्र छुट्टै प्रहरी कार्यालय छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरी भएको हो । प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा२झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिवास घर भई हाल ललितपुर बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।

चक्का चोरी भएको हाइलक्सका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेर छोडेको गाडीका चक्का चोरी भएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरेका थिए । सिंहदरबारको सम्पूर्ण सुरक्षा नेपाली सेनाले हेर्दै आएको छ । प्रहरीले चोरी भएको टायर ललितपुरको युएनपार्कनजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ । मोक्तान र मगरले टायर चोरी गरी त्यहाँ पुर्‍याएका थिए । मोक्तान उक्त सर्भिस सेन्टरका कर्मचारी हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी अपिल बोहराका अनुसार टायर चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.