धरानले माग्यो प्रदेश १ को राजधानी

धरानले माग्यो प्रदेश १ को राजधानी

धरान : धरानले प्रदेश १ को राजधानी माग गरेको छ। प्रदेश १ का विभिन्न स्थानमध्ये सुनसरीको धरानलाई प्रदेश १ को राजधानी बनाउन उपयुक्त हुने ठहरसहित धरान उपमहानगरपालिकाले सस्थागत निर्णय गर्दै प्रदेश राजधानी माग गरेको हो। सरकारले धरान उपमहानगरपालिकालाई सोधेको लिखित जफाव प्रतिवेदन सार्बजनिक गर्दै आइतबार धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी धरानलाई राजधानी बनाउन उपयुक्त कारणका बारेमा समेत जानकारी गराएको छ।

धरानलाई प्रदेश राजधानी बनाउँदा उपयुक्त भौतिक सुविधा सम्पन्न पुर्वाधारको खोजी गरि सरकारलाई लिखित जफाव पठाइसकिएको धरान उपमहानगरपालिकाकी नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराएकी छिन्। भौगोलिक तथा वातावरणीय हिसाब र तराई-पहाडको संगमस्थल धरानलाई प्रदेश राजधानी बनाउन उपयुक्त सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइसकिएको उनको भनाई छ।

विराटनगर, इटहरी र धनकुटाले प्रदेशको राजधानी दावी गरेर दवाव मुलक आन्दोलन गरिरहेको अपस्थामा धरान उपमहानगरपालिकाले संस्थागत रुपमा कानुन सम्बत, बौद्धिक र तार्किक निष्कर्ष सहितको पत्र सरकारलाई पठाएर प्रदेश राजधानी माग गरेको पत्रकार सम्मेलनमा नगरउपप्रमुख भण्डारील बताइन्।

धरानलाई राजधानी बनाउँदा, मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशप्रमुख लगायतका कार्यालयहरुको व्यवस्थापन समेत गरिसकिएको पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए। धरान नगरपालिकाले विभिन्न १३ स्थानका सरकारी तथा सामुदायिक भवनहरुमा मुख्यमन्त्रीको कार्यालयदेखि निवास र अन्य मन्त्रालय तथा प्रदेश प्रमुखको कार्यालयको स्थान समेत तोकेको छ।

जस अनुसार मुख्यमन्त्रीको कार्यालयका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पुर्नस्थापना केन्द्र, प्रदेशसभाको सचिवालय र प्रदेशसभा हल धरान सभागृह, प्रदेशसभाको सभामुख र उपसभामुखको कार्यालय वीपी प्रतिष्ठान हाताभित्रको निर्वाण कन्ट्री क्लव (सबैको निवास सहित), प्रदेश प्रमुखको कार्यालय आन्तरिक राजस्व कार्यालयमा राख्न सकिने बताइएको छ।

त्यस्तै अन्य मन्त्रालयहरुमा नेपाल टेलिकमको कार्यालय, मालपोत र नापी कार्यालय, क्षेत्रिय हावापानी मापन केन्द्र, पब्लिक भवन, पूरानो बजारमा रहेको विजयपुर हसिप्टलको नीजि भवन, किरात याक्थुम चुम्लुङ भवन, दशहरा हल, विट्रिश कम्युनिटि हल लगायतका स्थानमा कार्यालयहरुको व्यवस्थापन गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।
धरानलाई प्रदेशको राधजधानी बनाउनका लागि शनिबार सर्बदलीय बैठक बसी सर्बसम्मतरुपमा पारित गरी सम्पूर्ण कार्यालयहरुको व्यवस्थापन सहितको प्रतिवेदन उपमहानगरपालिकाले सरकारलाई पठाइ सकेको छ। ‘हामीले दवामूलक नभर्ई कानुन सम्मत धरानलाई राजधानी बनाउन सरकारसँग माग गरेका छौं, माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङले भने, विराटनगर र धनकुटालाई सहमतमा ल्याउने केन्द्रविन्दु पनि धरानै हो।' कांग्रेस नेता किशोर राईले पनि धरान, भौगोलिक, सांस्कृतिक, स्वास्थ्य र शैक्षिक हिसावले मात्र नभएर भौगोलिक र बातावरणिय हिसावले पनि प्रदेश राजधानी बनाउन उपयुक्त शहर भएको उनको भनाई छ।

धरानलाई प्रदेश राजधानीको माग गर्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगर उपप्रमुख मञ्जु भण्डारी लगायत। तस्विर ः रत्नप्रसाद आचार्य।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.