'राष्ट्रिय सभाको गठनपछि मात्र सत्ता हस्तान्तरण'

'राष्ट्रिय सभाको गठनपछि मात्र सत्ता हस्तान्तरण'

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाड्ने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरु सर्लक्कै सरकार छोड्न तयार रहेको स्पष्ट पारे।

उनले वामगठबन्धनका नेताहरुले प्रधानमन्त्रीको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको आरोप लगाए । मन्त्री थापाले भने, ‘यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भनेपनि हामी केयरफुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन।'

उनले प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जीकिर गरे । उनले भने, ‘देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।'

सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने,‘म अहिले पनि ठण्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्वीकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन।'

उनले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जीकिर गरे। उनले थपे, ‘त्यतिबेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.