माओवादी केन्द्रको बैठक सुरु, एमालेसँगको एकता प्रमुख एजेण्डा

माओवादी केन्द्रको बैठक सुरु, एमालेसँगको एकता प्रमुख एजेण्डा

काठमाडौँ: प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सकिएपछि पहिलो पटक नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार बसेको छ ।

निर्वाचनको समिक्षा गर्दै नयाँ सरकार गठन र एमालेसँगको एकताबारे पार्टीको ठोस धारणा तय गर्न माओवादी केन्द्रले सोमबार पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले निर्वाचनमा मिलेको सफलता, सरकार गठन र एमालेसँगको एकता प्रक्रिया अघि बढाउनेबारे पार्टी नेतृत्वलाई सुझाव दिइरहेका छन् ।

एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने निर्णय भएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा लैजान पार्टीमा औपचारिक छलफल थालिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.