सरकारी काममा घुसकै भर

सरकारी काममा  घुसकै भर

 

काठमाडौं : राष्ट्रिय सर्तकता केन्द्रले गरेको सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणले तराईका जिल्लामा सरकारी काम लिनुपर्दा ३५ प्रतिशत जनता घुस तिर्न बाध्य हुने गरेको देखाएको छ । प्रतिवेदनले तराईमा सरकारी सेवाप्रवाह अत्यन्तै कमजोर र निराशाजनक रहेको औंल्याएको छ ।

केन्द्रको अध्ययनले पहाडी जिल्लामा भने २५ प्रतिशत जनता अझै पनि सरकारी काम लिनु पर्दा घुस तिर्न बाध्य हुने गरेको देखाएको छ । सतर्कता केन्द्रका प्रवक्ता सहसचिव विष्णुराज लामिछानेले सरकारी सेवा प्रवाह अझै कमजोर र दयनीय रहेको बताए । केन्द्रका प्रवक्ता लामिछानेले मुलुकको तराई क्षेत्रका सरकारी कार्यालयहरुमा अहिले पनि ३५ प्रतिशत काम घुसका आधारमा हुने अवस्था रहनु दुखद भएको लामिछानेले बताए । ‘अहिले पनि विभिन्न सरकारी कार्यालयका जनता घुस तिरेर सेवा लिन बाध्य छन्, जसले संघीय शासनलाई ठाडो चुनौती दिइरहेको छ’, उनले भने ।

सर्तकता केन्द्रले सबै प्रदेशलाई छुने गरी स्याम्पलिङको रूपमा विभिन्न १२ वटा जिल्ला पुगेर सरकारी कार्यालयको सेवा प्रवाहको बारेमा सर्वेक्षण गरेको थियो । केन्द्रले सरकारी सेवाको प्रभावकारिताका बारेमा सर्वेक्षण गरेका जिल्लामा म्याग्दी, लमजुङ, कपिलवस्तु, कैलाली, डोटी, दोलखा, मुगु, प्युठान, धनुषा, पर्सा, बझाङ र इलाम थिए । यी १२ जिल्लामध्ये तराईमा सेवा प्रवाह अत्यधिक कमजोर रहेको लामिछानेले जानकारी दिए ।

केन्द्रका अनुसार जिल्लाका मालपोत, नापी, भूमिसुधार, श्रम, यातायात, नगरपालिका कार्यालय, स्वास्थ्य, कृषि विकास, जिल्ला प्रशासन कार्यालयमा घुस तिरेर सेवा लिनुपर्ने बाध्यतामा नागरिक छन् । सतर्कता केन्द्रले जिल्लामा गएर सरकारी कार्यालयमा सेवा लिन आउने नागरिक तथा जिल्लाका नागरिक समाज, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणसँग समेत छलफल गरी सेवा प्रवाहको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणक्रममा जिल्लाहरुमा सदाचारको कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर केन्द्रले गरेको थियो । सर्तकता केन्द्रले जिल्लामा अझै पनि अनियमितता र घुस लिने क्रम बढेकाले विद्यालयहरूमा सदाचार कार्यक्रम सञ्चालन गरेर अनियमितताविरोधी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सर्तकता केन्द्रका अनुसार जिल्लामा रहेका सरकारी कार्यालयमा घुस लिने पद्धतिको विकास हुँदै गए पनि जिल्लामा सुशासन कायम राख्ने जिम्मेवारीमा रहने सिडिओको भूमिका अनियमितता रोक्नेखालको हुन सकेको छैन । यस्तै सरकारी कार्यालयका कार्यालय प्रमुखहरू पनि आफ्नो कार्यालयमा सुशासन राख्ने कार्यमा दत्तचित भएर लाग्न नसक्दा खुलेआम घुस चल्ने गरेको पाइएको सतर्कता केन्द्रका अधिकारीहरूले बताएका छन् ।

जिल्लामा रहेका सरकारी कार्यालयको प्रमुख निकायको रूपमा केन्द्रमा रहेका विभाग र मन्त्रालयहरूले पनि आफू मातहत रहेको कार्यालयको सरकारी सेवा प्रभावकारी भए-नभएको अनुगमन गर्न नसक्दा घुस लिने क्रम बढेको केन्द्रको ठहर छ ।

सामान्य प्रशासन मन्त्रालयले पनि नियमित रुपमा नै विभिन्न जिल्लाहरुको सेवा प्रवाह सन्तुष्टि सर्वेक्षण गर्ने गरेको छ तर सामान्य प्रशासन मन्त्रालयले गर्ने सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणमा पनि जिल्लाहरूका सरकारी कार्यालयबाट दिइने सेवा प्रवाह कमजोर रहेको देखँदै आएको छ । ‘संघीयताको मर्मअनुसार जसरी सेवा प्रवाह दिनुपर्ने हो, त्यसरी दिन सकिएको छैन’, सामान्यकी प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोखरेलले भनिन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.