कहाँ रहला प्रदेशसभा ?

कहाँ रहला प्रदेशसभा ?

विराटनगर : प्रदेश राजधानी दाबी गरिरहेका मुख्य तीन नगरका बासिन्दा प्रदेशसभा (संसद्)को पहिलो बैठक बस्ने स्थान पनि आफूतिर तान्न कस्सिएका छन् ।विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका र धनकुटा नगरपालिकाका बासिन्दाले सभाहल व्यवस्थापन भइसकेको भन्दै प्रदेश संसद् बैठक बसाल्न माग गरेका हुन् ।

पहिल्यै निर्माण भई सञ्चालनमा रहेका तर मर्मतको पर्खाइमा रहेका ती भवनमा बैठक तथा प्रशासकीय कार्यालय सञ्चालन गर्न मिल्ने उनीहरूको दाबी छ । विराटनगरले वीरेन्द्र सभागृह, धरानले धरान सभागृह र धनकुटाले सल्लेरी वनस्थित बहुउद्देश्यीय सामुदायिक भवनमा बैठक राख्न सकिने जनाएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै वीरेन्द्र सभागृहमा प्रदेश संसद्को पहिलो बैठक राख्न माग गरेका छन् । ‘बैठक राख्न वीरेन्द्र सभागृह उपयुक्त भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं’, मेयर पराजुलीले भने, ‘विराटनगरको केन्द्र भागमा रहेको यो सभागृहबाहेक प्रदेश संसद् बैठकका लागि अरू विकल्प हुन सक्तैन ।’ भौतिक पूर्वाधारका हिसाबले सभागृह उपयुक्त रहेको पराजुलीको दाबी छ ।

यो सभागृह विराटनगरको सहिद रंगशालानजिकै अवस्थित छ । २०३३ साल फागुन ६ गते तत्कालीन राजा वीरेन्द्र शाहले सभागृह उद्घाटन गरेका थिए । नौ वर्षअघि सञ्चालक समितिले विराटनगर महानगरलाई यो सभागृह हस्तान्तरण गरेको थियो । यहाँ सात सय जना अटाउने क्षमता छ । बगैंचा र यसको संरचना आकर्षक देखिए पनि कुर्सी, पंखा तथा भित्ता भने मर्मत गर्नुपर्ने अवस्था छ ।

प्रदेशसभाको पहिलो बैठकका लागि आफ्नो क्षेत्रमा तीनवटा सामुदायिक भवन उपयुक्त रहेको धनकुटा नगरपालिकाले जनाएको छ । धनकुटा नगर विकास समितिको स्वामित्वमा रहेको सामुदायिक भवनलाई प्रदेशसभा बैठकका लागि नगरपालिकाले सिफारिस गरेको छ । सरकारले भौतिक पूर्वाधारको अवस्थितिबारे जानकारी गराउन गरेको निर्देशनको जवाफमा नगरपालिकाले सल्लेरी वनभित्र रहेको बहुउद्देश्यीय सामुदायिक भवन पनि देखाएको छ । यहाँ तीन सय जना अट्ने क्षमता छ । यसैगरी, देब्रेवासस्थित जिल्ला समन्वय समितिको सामुदायिक भवन पनि उपयुक्त हुने नगरपालिकाको दाबी छ । यो भवन दुई सय ५० जनाभन्दा बढी अट्ने क्षमताको छ ।

विराटनगरले वीरेन्द्र सभागृह, धरानले धरान सभागृह र धनकुटाले सामुदायिक भवनमा बैठक राख्न सकिने जनाएका छन् । 

सुनसरीको धरान उपमहानगरपालिकाले ६ सय २५ जना अट्न सक्ने धरान सभागृह उपयुक्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारलाई पूर्वाधारको विषयमा पठाइएको प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले भनिन्, ‘उपमहानगरको स्वामित्वमा रहेको सभागृहमा पार्किङ र कम्पाउन्डको सुविधासमेत छ ।’ दुई बिघा क्षेत्रफलमा फैलिएका कारण संसद् सचिवालयको संरचना बनाउन पनि मिल्ने भएकाले बैठकका लागि यो सभागृह उपयुक्त भएको उनले बताइन् । यो २०६१ सालमा निर्माण भई उपमहानगरलाई हस्तान्तरण गरिएको थियो ।

मोरङका १७ मध्ये नौ स्थानीय तहका प्रमुखले हस्ताक्षर गरी गोठगाउँमा सरकारको नाममा रहेको आठ सय ५० बिघामध्ये तीन सय ५० बिघामा प्रदेश राजधानी र संसद् सभाहल बनाउन सकिने मागसमेत गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय रहेको यो क्षेत्रमा समग्र भौतिक संरचना तयार हुन सक्ने उनीहरूको दाबी छ । सुन्दरहरैंचा नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले आइतबार सरकारलाई स्थानीय तहका तर्फबाट संयुक्त रुपमा ज्ञापनपत्र पठाइएको जानकारी दिए ।

राजधानी माग गर्दै बन्द

धनकुटा : प्रदेश राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै स्थानीयवासीले सोमबार धनकुटा बजार बन्द गराएका छन् । धनकुटावासीले सोमबार बिहानदेखि बजार तथा यातायात बन्द गराएका थिए । धनकुटा हुँदै तेह्रथुम, संखुवासभा र भोजपुर गुड्ने सवारी साधन जिरोप्वाइन्टमा रोकिएका थिए । सुरक्षाकर्मीका सवारी साधन र एम्बुलेन्सलाई भने सहज रूपमा चल्न दिइएको थियो ।

Dhankuta-Banda-Photo-(4)

प्रदेश राजधानी माग गर्दै आह्वान गरेको बन्दका कारण सुनसान धनकुटा बजार । हरिबहादुर लम्जेल

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.