प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत

प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत

पोखरा : प्रदेश नम्बर ४ को ३६ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लडेका उम्मेदवारमध्ये खसआर्यको बहुमत देखिएको छ । त्यसपछि सबैभन्दा धेरै जनजातिले विजयी हाँसिल गरेका छन् । गुरुङ र मगरको उल्लेख्य बसोबास रहेको यो प्रदेशको निर्वाचनमा १७ जनजाति उम्मेदवारले जितेका हुन् । खसआर्यको १९ र दलितको संख्या शून्य छ ।

मनाङ र मुस्ताङबाट प्रदेशसभाका दुवै निर्वाचनमा जितेका ४ जना नै जनजाति छन् । त्यहाँ प्रतिनिधिसभामा पनि जनजातिले नै जितेका हुन् । प्रदेश र प्रतिनिधिसभामा प्रतिस्पर्धीहरु सबै जनजातिमात्रै थिए । वाम गठबन्धनका साझेदार एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा र कांग्रेसबाट गरी यो प्रदेशका ३६ निर्वाचन क्षेत्रमा ३० जना जनजाति उम्मेदवार प्रतिस्पर्धामा थिए । जितेकामध्ये मनाङका राजीव गुरुङ स्वतन्त्र हुन् । तिनलाई एमालेले समर्थन भने गरेको थियो । ती ३० मध्ये १३ जनाले पराजय व्यहोरे । त्यसमध्ये पनि जनजाति–जनजातिबीचको प्रतिस्पर्धामा पराजय व्यहोर्ने केवल ७ जनामात्रै छन् । ४ जना भने मनाङ र मुस्ताङका हुन्, जहाँ गैरजनजाति उम्मेदवारै थिएनन् ।

जितेका जनजातिमध्ये सबैभन्दा धेरै १० जना एमालेका छन् । यसै पनि यो प्रदेशमा एमालेले धेरै सिटमा जितेको छ । उसले उठाएका १८ उम्मेदवारमध्ये मनाङमा दोर्जे गुरुङले कांग्रेसका चिन्तबहादुर घलेसँगबाहेक सबैले जितेका छन् । एमालेपछि ३ जना माओवादीबाट २ जना राष्ट्रिय जनमोर्चाबाट र १ जनामात्रै कांग्रेसबाट छन् । एकमात्रै प्रदेशसभा सदस्य जितेको नयाँ शक्ति पार्टीबाट विजेता हरिशरण आचार्य खसआर्य समुदायका हुन् ।

म्याग्दीमा एमालेकी नरदेवी पुनले प्रदेशसभा २ मा कांग्रेसका जनजाति उम्मेदवार अमबहादुर फगामी मगरलाई हराइन् । सोही जिल्लामा माओवादीका विनोद केसीले प्रदेश नम्बर १ मा कांग्रेसको समर्थनमा उठेका राप्रपा उम्मेदवार भीमप्रसाद गौचनलाई पराजित गरे । नवलपुरमा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका जनकलाल श्रेष्ठले कांग्रेसका जनजाति उम्मेदवार गणेशमान श्रेष्ठलाई हराए । गोरखा २ (२)मा कांग्रेसका प्रकाशचन्द्र दवाडीले माओवादीका जनजाति उम्मेदवार अमर तमुलाई पराजित गरे ।

बागलुङ १ (१)मा एमालेका इन्द्रलाल सापकोटासँग कांग्रेसका जनजाति उम्मेदवार दीपेन्द्र थापामगर हारे । २ (२) मा जनमोर्चाका टेकबहादुर घर्तीमगरले कांग्रेसका जीतबहादुर शेरचनमाथि जीत लिए । कास्कीको ३ (२) मा एमालेका राजीव पहारीले कांग्रेसका भोजबहादुर गुरुङमाथि जीत प्राप्त गरे भने क्षेत्र नं २ को २ मा कांग्रेसका बिन्दुकुमार थापाले माओवादीका राजकाजी गुरुङलाई हराए । पर्वतको प्रदेश सभा १ मा माओवादीका नेत्र अधिकारीले कांग्रेसका नवराज गुरुङमाथि जीत निकाले भने लमजुङ प्रदेश सभा २ मा कांग्रेसका गर्जबहादुर गुरुङलाई एमालेका धनन्जय दवाडीले हराए ।

प्रदेशसभा जित्ने जनजाति उम्मेदवारमा एमालेबाट मुस्ताङका इन्द्रधारा विष्ट, महेन्द्र थकाली, म्याग्दीकी नरदेवी पुन, लमजुङका पृथ्वीसुब्बा गुरुङ, तनहुँका किरण गुरुङ र रामबहादुर गुरुङ, नवलपुरका रोशन गाहा मगर र जनकलाल श्रेष्ठ, कास्कीका मनबहादुर गुरुङ र स्याङ्जाका मीनप्रसाद गुरुङ छन् । त्यस्तै माओवादीबाट स्याङ्जाका दीपक थापामगर, बागलुङका चन्द्र बुढामगर, गोरखाका लेखबहादुर थापामगर छन् । कांग्रेसबाट मनाङका चिन्तबहादुर घलेमात्रै हुन् । राष्ट्रिय जनमोर्चाले प्रदेशभरिमै २ सिट जितेकोमा बागलुङबाट विजेता बनेका टेकबहादुर घर्तीमगर र कृष्ण थापामगर दुवै जनजाति हुन् । प्रदेश सभा सदस्यका लागि मुख्य दलहरुबाट ४ उम्मेदवार रहेकोमा २ जनाले मात्रै जिते ।

तनहुँ २ को १ बाट माओवादीकी आशा कोइराला र म्याग्दी प्रदेश सभा २ बाट नरदेवी पुनले जिते । कास्कीमा ३ (१) मा कांग्रेसकी शारदा पौडेलले माओवादीका रामजी बरालसँग हारिन् भने गोरखा २ (१) मा नयाँ शक्तिका हरिशरण आचार्यसँग माओवादीकी कमल नहर्की पराजित भइन् । प्रदेश सभामा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य छ । अब दलहरुले समानुपातिकबाट त्यो अभाव पूरा गर्नुपर्नेछ । दलित प्रत्यक्षमा उम्मेदवारै नउठाएका दलहरुले त्यो अभाव पनि समानुपातिकबाटै पूर्ति गर्नुपर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.