प्रतिनिधिसभा : ६३ सांसद दोहोरिँदा ९८ ‘रिङ आउट’

प्रतिनिधिसभा : ६३ सांसद दोहोरिँदा ९८  ‘रिङ आउट’

रामकृष्ण अधिकारी

काठमाडौं : प्रतिनिधिसभामा विघटित संसदका ६३ जना सांसदहरुले फेरि प्रवेश पाएका छन् । विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचन लडेकामध्ये ६३ जनाले फेरि प्रतिनिधि सभामा प्रवेश पाएका हुन् ।

विघटित संसदका कुल १६१ जना सांसदहरुले यसपटक केन्द्रीय संसद प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका थिए । यो पटकको निर्वाचनबाट जम्मा ९८ जना पूर्वसांसद बाहिरिइसकेका छन् ।

कुल उम्मेदवारको ३९ दशमलव १३ प्रतिशत सांसदहरु दोहोरिएर आएका हुन् । विघटित संसदबाट सबैभन्दा बढी एमालेका २३ जना सांसदले पुनः संसदमा प्रवेश पाएका छन् ।

जो संसदमा दोहोरिए

उसले कुल ३५ जना पूर्वसांसदहरुलाई प्रतिनिधिसभातर्फको प्रत्यक्षमा चुनाव लडाएको थियो । उनीहरुमध्ये २३ सांसदले चुनाव जितेका हुन् । तराई–मधेस लाोकतान्त्रिक पार्टीबाट यस दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेका बृजेशकुमार गुप्ताले यसपटकको चुनाव एमालेको सूर्य चिन्हमा लडेकोले उनीसहित एमालेबाट २४ जनाले संसदमा प्रवेश पाएका छन् ।

यो एमालेले उम्मेदवार उठाएका मध्येबाट कुल ६५ दशमलव ७१ प्रतिशत प्रतिनिधित्व हो । एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, लगायतका नेताहरु दोहोरिएर संसदमा आएका छन् ।

जसले चुनाव हारे

प्रत्यक्षमा चुनाव लडेपनि एमालेका १२ जना नेताहरुले संसदमा दोहोरिने अवसर गुमाएका छन् । एमाले नेताहरु वामदेव गौतम, ऋषिकेश पोखरेल, जर्नादन ढकाल, ताराकान्त चौधरी, डा. वंशीधर मिश्र, गरिमा शाह, मन्जुकुमारी चौधरी, राजकुमार गुप्ता, विचारीप्रसाद यादव, सत्यनारायण मण्डल, हरिप्रसाद उप्रेती र डा. राजन भट्टराई चुनाव लडे पनि संसदमा दोहोरिने अवसरबाट वञ्चित भएका छन् ।

माओवादीबाट दोहोरिनेहरु

माओवादी केन्द्रका तर्फबाट १६ जना सांसदहरु प्रतिनिधिसभामा दोहोरिने भएका  छन् । माओवादीले विघटित संसदबाट २१ जनालाई प्रत्यक्षमा चुनाव लडाएको थियो । त्यसमध्ये उसका ५ जना नेताहरुले मात्र यसपटकको चुनाव हारेका छन् ।

माओवादीका तर्फवाट अध्यक्ष पुष्पकमल दहाल, नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा लगायतका नेताहरु दोहोरिएका छन् । अजयशंकर नायक, अशोकुमार मण्डल, उमेश कुमार यादव, रामसिंह यादव र सत्यनारायण भगत भने संसदमा देखिने छैनन् । यी ५ नेताले प्रत्यक्षतर्फको चुनाव जित्न सकेनन् ।

कांग्रेसबाट १८ जना दोहोरिए

कांग्रेसका भने १८ जनाले मात्र पून संसदमा प्रवेश पाएका छन् । फोरम लोकतान्त्रिक र अन्य पार्टीबाट काग्रेसमा प्रवेश गरी चुनाव लडेका १८ जनाले चुनाव जितेका छन् । कांग्रेसले ९० जनालाई चुनाव लडाएको थियो । अघिल्लो संसदमा प्रतिनिधत्व गर्ने पार्टीभन्दा भिन्न रहेर कांग्रेसबाट अबको संसदमा विजयकुमार गच्छदार, अभिशेकप्रताप शाह र मोहम्मद मुस्तक आलम यसपटक संसदमा देखिनेछन् ।

विघटित संसदमा प्रतिनिधित्व गरेका कांग्रेसका धेरै हस्ती नेताहरु यसपटक संसदमा देखिने छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमेश लेखक, एनपी साउद, महेश आचार्यसम्मका काग्रेसका नेताहरु संसद्मा हुने छैनन । यी नेताहरुले यसपटकको चुनावमा हार ब्यहोरेका छन् ।

काग्रेसले आफनै पार्टीका पूराना ८२ जना र अन्यवाट पार्टी प्रवेश गरेका थप ८ जना पूर्व सांसदसहित ९० जनालाई यसपटक केन्द्रीय संसदमा प्रत्यक्षतर्फ टिकट दिएको थियो ।

राप्रपाका सबै पराजित

राप्रपाका विभिन्न घटकहरुबाट ५ जना पूर्व सांसदहरुले यसपटक प्रतिनिधिसभातर्फ चुनाव लडेका थिए । तर, कुनै नेता अबको संसदमा देखिने छैनन् । राप्रपाको घटकहरुबाट झापा ३ बाट मात्रै राजेन्द्र लिङ्देनले चुनाव जितेका छन् । तर, उनी यस अगाडीको संसदमा थिएनन् । राप्रपाका घटकहरुबाट कमल थापा, विक्रमवहादुर थापा, दिपक बोहोरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा प्रतिनिधिसभाका लागि प्रत्यक्षमा चुनाव लडेका थिए । तर उनीहरु सबैजना पराजित भए ।

मधेसवादी तीन पराजित

मधेस केन्द्रित दलतर्फ संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतबाट ६ जना पूर्व सांसदहरुले चुनाव लडेका थिए । तीमध्ये तीनजनाले चुनाव जितेर पुनः संसदमा प्रवेश पाएका छन् ।

अन्य तीनजना पराजित भएका छन् । मधेस केन्द्रित दलका तर्फबाट उपेन्द्र्र यादव, महेन्द्र्रराय यादव र लक्ष्मणलाल कर्णले मात्र संसदमा दोहोरिने अवसर पाएका छन् । अशोक राई, सर्वेन्द्रनाथ शुक्ल र नरसिंह चौधरीले पनि चुनाव लडेका थिए । तर, उनीहरु तीनैजना पराजित भएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल संसदमा दोहोरिएका छन् । तर, नेमकिपाबाटै प्रत्यक्षमा चुनाव लडेकी अनुराधा थापाले चुनाव जित्न नसकेपछि उनी संसदमा देखिने छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.