देशको विकास अब रसुवागढीबाटः ओली

देशको विकास अब रसुवागढीबाटः ओली

त्रिशूली : एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास अब नेपाल र चीनको नाका रसुवागढीबाट मात्र सम्भव भएको बताएका छन् । मंगलबार रसुवागढी नाका पुगेका ओलीले नेपाल र चीनबीच सञ्चालनमा रहेको एउटामात्र नाका रसुवागढीलाई व्यवस्थित गरेर देश विकासको बाटो खोल्नुपर्ने बताएका हुन्।

देशमा ऐतिहासिक प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक पार्टी पदाधिकारीसँगै मंगलबार रसुवा पुगेका अध्यक्ष ओलीले रसुवागढीको महत्व देशले नबुझ्दा देश आर्थिक तथा व्यवसायिक रुपमा पछाडि परेको बताए ।

अध्यक्ष ओलीले रसुवागढी नाकाबाटै देशमा इन्धनलगायत अत्यावश्यक वस्तु आयात गरेर अब बन्ने सरकारले देशलाई समृद्धिको बाटोमा लाने बताए । देशमा कम्युनिस्टको नयाँ सरकार छिट्टै बन्ने बताउँदै ओलीले चीनको केरुङबाट रसुवागढी नाका हुँदै नुवाकोटदेखि काठमाडौंसम्म र लुम्बिनीसम्म रेलमार्ग बनाउनेसमेत बताए ।अचानक चिनिया नाकामा पुगेर के गरे ओलीले ?

चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय बनाउने र काठमाडौंबाट रसुवागढीसम्मको सडकलाई चार लेनको बनाउने घोषणा समेत ओलीले गरेका छन्।रसुवागढी नाका अढाई वर्षदेखि आधिकारिक रुपमा सन्चालनमा रहेको नाका हो । यस नाकालाई चीनले प्राथमिकता दिएर गत सेप्टेम्वर १ देखि अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिइसकेको छ ।

ओलीले रसुवाको स्याफ्रुवेशीदेखि लाङटाङसम्म केवुलकार निर्माण कार्य नयाँ सरकारले योजना बनाउने समेत बताए । उनले लाङटाङ जाने पदमार्गको रुपमा रहेको घोडातवेलासम्म मोटरबाटो निर्माण गर्ने पनि योजना सुनाएका छन्।

काठमाडौंबाट गल्छी–नुवाकोट–मैलुङ हुँदै रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताए । उनले टिमुरेमा रहेको रसुवागढी भन्सारलाई सुधार गर्ने र भन्सारको जग्गा सम्बन्धी पुरानो मुद्दा टुंगाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।

रसुवागढीमा सडक, पार्किङ तथा नेपालको सरकारी संरचनालाई व्यवस्थित तथा पक्की बनाएर अन्र्तराष्ट्रियस्तरको बनाइने ओलीको भनाइ छ । नेपाल–चीन सीमा रसुवागढी नाका काठमाडौंदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारमा रहेको छ ।

हेलिकोप्टरमार्फत् मंगलबार रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । अध्यक्ष ओलीसहितका नेतालाई स्थानीयले सडक कालोपत्रे, रसुवागढी भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका २४ नेतासँगै लाङटाङ पुगेका ओलीले हेलिकोप्टरबाटै लाङटाङ र रसुवागढी निरीक्षणमा गएका हुन् । उनले लाङटाङमा भूकम्पपछि बन्द भएको विद्यालय र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिएका छन् ।

एमाले अध्यक्ष ओली पार्टीका महासचिव पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलसहितका नेता रसुवा आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.