‘जनताको शिर निहुरिने काम गर्दिनँ'

‘जनताको शिर निहुरिने काम गर्दिनँ'

 

तपाईंले आफ्नो जितलाई कसरी हेर्नुभएको छ ?

मैले निर्वाचनअघि भनेकै हुँ, जित मेरै हो भनेर । धेरैले कोइराला परिवारको विरासत धान्ने व्यक्तिलाई जित्न कठिन छ भने । तर, मलाई जनताले विश्वास गर्छन् भन्ने नै थियो । हिजो सरकारमा सहभागी हुँदा मैले गरेका केही कामलाई जनताले पत्याए । पुनः सोहीअनुसारको काम गर्न अनुमोदन गरेका छन् ।

१३ लाख खर्चमा निर्वाचन जित्न कसरी सम्भव भयो ?

मैले निर्वाचनप्रति आमधारणा परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु । चुनाव लड्न पैसा खर्च गर्नुपर्छ र त्यसका लागि घरघडेरी बेच्नै पर्छ भन्ने छैन । आज घरघडेरी बेच्नेले भोलि जनताकै कोषमा ब्रह्मलुट गर्छन् । मैले त विराटनगरमा पत्रकार सम्मेलन गरी पत्रकारसँग पनि चुनाव खर्च मागेको हुँ । मलाई धेरै पत्रकारले सहयोग गरे । अरबमा काम गर्ने दाजुभाइ- दिदिबहिनीले पनि मलाई एक÷एक सय रुपैयाँ उठाएर सहयोग गरेका छन् । विदेशमा ५० डिग्रीको तापक्रममा श्रम गर्ने व्यक्तिले दिएको पैसाको उपयोग गर्नुपर्छ भनेर मैले अनावश्यक खर्च गरिनँ । कार्यकर्ता र शुभेच्छुक पनि आफ्नै पैसामा चिउरा, भुजा र चना खाएर मेरो लागि चुनाव प्रचारमा हिँडे । यसले पनि मलाई आर्थिक रुपमा सहयोग मिल्यो ।

वाम गठबन्धनले तपाईंलाई मन्त्रीका लागि सिफारिससमेत गरेको छ । तपाईंको दाबी पनि हो ?

मलाई दिएको जिम्मेवारी म आफ्नो दक्षता र विवेकले भ्याउन्जेल इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गर्छुु । अब बन्ने भनेको वाम गठबन्धनकै सरकार हो, मलाई पनि भूमिका दिइन्छ भने निश्चित रूपमा जिम्मेवारी सम्हाल्छुु । तर, फलानोलाई जितें भन्दै म मन्त्रीका लागि लिंडेढिपी कस्दिनँ ।

जनमतको सम्बोधन अब कसरी गर्नुहुन्छ ?

मलाई आएको मत पार्टीका समर्थकको मात्र होइन । हिजो म एउटा पार्टीको व्यक्ति थिएँ, अब म त्यो ठाउँको साझा प्रतिनिधित्व गर्ने व्यक्ति हुँ । जनताले दिएको विश्वास गुम्न दिनेछैन । मेरो मुख्य एजेन्डा जनताका समस्यालाई सम्बोधन गर्दै केन्द्रीय राजनीतिमा लबिङ गरी समाधानको बाटोतर्फ लाग्नु नै हुन्छ ।

आफ्नो निर्वाचन क्षेत्रमा मुख्य कुन कामलाई प्राथमिकता दिनुहुन्छ ?

मैले गर्नै पर्ने काममध्ये मुख्य सुकुम्बासी समस्या समाधान हो । म सुकुम्बासी आयोगको प्रमुख भएर यहाँ काम गर्दा संकलन गरेको घरधुरी लगतका फाइल मैले हेर्नुुपर्छ । पछि थपिएका विपन्न समुुदायका घरबारविहीन व्यक्तिको जीवनस्तर उकास्ने केही न केही योजना मैले ल्याउनै पर्छ । पछि परेका समुदायको आर्थिक सबलताका लागि काम गर्नुपर्छ । बाँकी प्राथमिकताका आधारमा म कुनै कन्जुुस्याइँ नराखी जनताको सेवामा खटिरहनेछु ।

 

‘महानगरभित्रका गाउँमा बिजुली बाल्नेछु'

केदार कार्की

प्रदेशसभा सदस्य, मोरङ ६ (२)

आफ्नो जितलाई तपाईंले कसरी लिनुभएको छ ?

स्थानीय जनताले हामीलाई जिताएका हुन् । केही नेता डा. शेखर कोइरालालाई हराउन लाग्नुुभयो । उहाँ जितेपछि पार्टीको सभापति र प्रधानमन्त्रीसमेत बन्नहुन्छ भनेर अवरोध गर्ने प्रयास भयो । तर, जनताबाट उहाँले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ । यहाँको विकास र समृद्धिका लागि कांग्रेस नै चाहिन्छ भन्ने स्पष्ट जनमत रहेको देखिन्छ ।

जनताको विश्वासलाई कसरी व्यवहारमा बदल्नुहुन्छ ?

जनताको मतलाई खेर जान नदिने मेरो प्रण छ । मैले चुनाव जिते पनि नजिते पनि गर्ने जनताको सेवा नै हो । अहिले झनै जिम्मेवारी बढेको महसुस भएको छ । यस क्षेत्रका जनताका हरेक समस्या मैले बुुझेको छुु । सुुखदुःखमा साथ दिन तत्पर छु । कामलाई ठोस निष्कर्षमा पुर्‍याएरै विश्वासलाई व्यवहारमा बदल्नेछु । 

तपाईंको निर्वाचन क्षेत्रका मुख्य समस्या के हुन् ?

विराटनगर महानगरका केही वडामा बिजुली नै पुगेको छैन । अहिले पनि दर्जनौं घरपरिवार अन्धकारमा छन् । म अन्धकारलाई हटाउन चाहन्छु । अधिकांश सडक ग्राभेलसमेत भएका छैनन् । विकासको दृष्टिले पछाडि परेको बूढीगंगा गाउँपालिकालाई समृद्ध बनाउने मेरो अभियान हो ।

तपाईंको प्रतिबद्धता जनताले कसरी पत्याउँछन् त ?

पहिलो कुरा म जनतासँग मिलेर काम गर्न चाहन्छु । मलाई सबैले चिन्छन् । म मालिक भएर होइन, सहभागितामूलक मोडलबाट सहयोगीको भूमिका निर्वाह गरी समस्या समाधान गर्ने मध्यस्तकर्ताका रूपमा चिनिन चाहन्छु । नवीन कार्यको थालनी गर्दै छु । तीमध्ये वैशाखदेखि मेरो क्षेत्रका सबै सरकारी स्कुलमा अंग्रेजी शिक्षा अनिवार्य हुँदै छ । गाउँमा पनि चाहे सहरजत्तिकै विकास गर्न सकिन्छ भन्ने उदाहरण मैले पेस गर्नेछु ।

प्रस्तुति : मिलन बुढाथोकी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.