ओली र प्रचण्डले राष्ट्रपति भेटे

ओली र प्रचण्डले राष्ट्रपति भेटे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। बुबार बिहान करिब एक घण्टा भएको भेटवार्तामा ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक परामर्श गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ओली र दाहाललाई बोलाएकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश पारित गर्न सत्तापक्षले दवाब दिइरहेका बेला नयाँ सरकार गठनको संघारमा रहेका वाम गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन्। 

दलीय सहमतिले संसदमा प्रस्तुत विधेयक विपरितको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश कामचलाउ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि उक्त अध्यादेशबारे राजनीतिक सहमति जुटाउन राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.