दलीय विवाद मिलाउन ओली-प्रचण्डलाई राष्ट्रपतिको सुझाव

दलीय विवाद मिलाउन ओली-प्रचण्डलाई राष्ट्रपतिको सुझाव

काठमाडौं : राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा प्रमुख दलहरूबीच विवाद देखिएका बेला राष्ट्रपतिले वाम गठबन्धनका प्रमुख नेताहरूलाई भेटेर राजनीतिक सहमति जुटाउन सुझाव दिएकी छन्।

राष्ट्रपतिलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बुधबार बिहान शितलनिवास पुगेका थिए।

भेटमा राष्ट्रपतिले विवादका विषयमा राजनीतिक सहमति जुटाउन सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए। 'विवादका विषय मिलेर समाधान गर्नुस्, सबै दल मिलेर आउनुभयो भने मलाई काम गर्न सजिलो हुन्छ', राष्ट्रपतिलाई उद्‍धृत गर्दै शर्माले भने, 'संवैधानिक निकायहरूले पनि आआफ्नो कर्तव्य ठिकठिक ढंगले पालना गर्नेमा विश्वस्त छु।'

वाम गठबन्धनका नेताहरूले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा आएको जानकारी राष्ट्रपतिलाई गराएका थिए।

सरकारले शितलनिवास पठाएको अध्यादेश राष्ट्रपतिले स्वीकृत नगरेको भन्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर एमाले र माओवादीको स्वार्थमा राष्ट्रपतिको प्रयोग भएको आरोप लगाएका थिए।

सम्बन्धित समाचारः

देउवा-ओली आ-आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.