महरा भन्छन्ः प्रदेश नम्बर ५ को राजधानी दाङ नै हो

महरा भन्छन्ः प्रदेश नम्बर ५ को राजधानी दाङ नै हो

गोविन्द देवकोटा

नेपालगन्जः उपप्रधानमन्त्री तथा विनाविभागिय मन्त्री कृष्णबहादुर महराले जनताले दिएको मतको कदर हुनुपर्ने बताएका छन् । निर्वाचित भएपछि वाम गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न बाँकेको राप्ती सोनारी पुगेका माओवादी नेता समेत रहेका महराले जनताले दिएको मतको वाम गठबन्धनका सबै नेतृत्वले सम्मान गर्नुपर्ने बताएका हुन् ।

जनतमतले नै वाम गठबन्धनलाई एक हुन अपिल गरेकाले त्यसविरुद्ध कोही पनि जान नसक्ने बताए । केही दिनअघि सञ्चारमाध्यममा नेता महरा माओवादी–एमाले पार्टी एकीकरणको पक्षमा नभएको सामग्री प्रकाशन भएप्रति खण्डन गर्दै उनले कसैले आफुविरुद्ध भ्रम फैलाएको बताएका छन् ।

‘देशभरीका लाखौं जनताले अनुमोधन गरेको गठबन्धनमा पार्टी एकीकरणमा मलाई बाधक भनिएको कुरा सत्य होइन, म पार्टी एकीकरणकै पक्षमा छु,’ अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘जनमतले नै अनुमोदन भएको निर्णयविरुद्ध कोही पनि जानसक्दैन, छिट्टै देशलाई समृद्धिमा लैजान वाम पार्टी एकता हुन्छ ।’ उनले पार्टी एकताको विषयमा ढिलाई गर्न नहुने समेत बताए ।

आफुले वाम गठबन्धन निर्माणका समयमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी एकिकरणको मुद्दालाई पनि पेचिलो बनाउने प्रतिबद्धता जनाएका छन् । गठबन्धनको सरकार निर्माणपछि समृद्धिको ढोका खुल्ने भएकाले आफुहरुको अस्तित्व विलुप्त हुने डरका कारण पराजित भएकाहरु आत्तिएर पार्टी एकताका विषयमा भ्रम फैलाइरहेको दाबी गरे ।

यस्तै, महराले विवादित भइरहेको प्रदेश नम्बर ५ को राजधानी हाल दाङको विकल्प नभएको बताएका छन् । ‘सबैलाई पायक पर्ने र पहिलेदेखि नै निर्णय भएको ठाउँ दाङ नै हो,’ उनले भने, ‘अब सरकार निर्माण हुने समयमा आन्दोलन गरेर एकता भाँड्ने काम मात्रै हुन्छ, तत्काललाई प्रदेश पाँचको केन्द्र अस्थायी रुपमा दाङमा नै हुन्छ ।’

निर्वाचनपछि विकासको आशा गरेका जनतालाई महराले अब नयाँ सरकार गठन हुनेवित्तिकै जनताका सबै मागहरु पुरा हुँदै जाने बताए । राजनीतिक संक्रमणकालले थलिएको मुलुकलाई समृद्धिको बाटोमा उकास्न गठबन्धन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

‘हाम्रा विषयमा बजारमा धेरैथरी कुरा गर्नेहरु छन्, तीनको पछि नलाग्नुहोला,’ जनतासामु महराले भने, ‘अरुले भनेजस्तो कुनै अधिनायकवाद लागू हुने होइन, अँझ जनताले विगतको भन्दा स्वतन्त्र र सुरक्षित महशुस गर्नेछन्, नेपाली भएकोमा तपाई सवैलाई गौरवान्वित हुनेगरी गठबन्धन सरकारले काम गर्ने विश्वास दिलाउँछु ।’ कार्यक्रममा बाँकेबाट निर्वाचित प्रतिनिधि पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.