फारवेष्ट पशुपति युवा क्लब विजयी

 फारवेष्ट पशुपति युवा क्लब विजयी

धनगढी : बिहीबारदेखि तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगीता धनगढीमा सुरु भएको छ । ५ लाखभन्दा बढी नगद पुरस्कार राशी भएको फुटबल प्रतियोगितामा आयोजक पशुपति युवा क्लबले विजयी सुरुवात गरेको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले मदरल्याण्ड युवा क्लब जोनापुरलाई २–० ले हराएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजकको टीम दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई जिताउनका लागि भुपेन्द्र बम नरेन्द्र सिंहले एक एक गोल गरे । बमले ५८ मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सिंहले ७५ औं मिनेटमा अर्को गोल थपे । प्रतियोगिताअन्तर्गत भोलीदेखि दुईवटा खेल हुनेछन् । १६ वटा टीमले भाग लिने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । नकआउट आधारमा सञ्चालन भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर, दाङ, विभागीय टोली र भारतको एक टीम गरी १६ टीमको सहभागीता रहेको छ ।

यसअघि प्रतियोगिताको धनगढी उप–महानगरपालीका मेयर नृपबहादुर ओडले उद्घाटन गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक काठमाडांैको ग्यालेक्सी पब्लिक स्कुल रहेको छ । प्रतियोगितामा विजेतालाई तीन लाख तथा उपविजेतालाई डेढ लाख र विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.