ओली भन्छन्: अब खोज्दा पनि एमाले र माओवादी भेटिँदैनन्

ओली भन्छन्: अब खोज्दा पनि एमाले र माओवादी भेटिँदैनन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन् । उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार राष्ट्रिय सभा गृहमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुई पार्टीबीचको एकतालाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताएका छन् ।

'अहिले पनि हाम्रो एकता भाँड्न केही मानिस लागिरहेका छन्', उनले भने, 'नभएका कुरा यताबाट उता पुर्याउने र उताबाट यता ल्याउने भइरहेको छ । अब पार्टी एकता भएर छाड्छ, आत्तिनुपर्दैन ।'

माओवादी र एमाले चाँडै एउटा पार्टी बन्नुको विकल्प नभएको बताउँदै ओलीले हल्लाको पछि नलाग्न आग्रह गरे । अध्यक्ष ओलीले छिट्टै नयाँ सरकार बन्ने पनि विश्वास व्यक्त गरे ।

'अरुले भनेजस्तो हल्लाको पछि नलाग्नुहोस्, एमालेले माओवादी निल्ने कुरा पनि गलत हो', उने भने, 'अब एमालेले माओवादी निल्छ, माओवादीले एमाले निल्छ, त्‍यसपछि नयाँ र तेस्रो धारको पार्टी बन्छ । त्यसपछि यी दुई पार्टीलाई खोज्दा पनि भेटिने छैनन् ।’

नहार्ने भए चुनावमा भाग नलिनु

अध्यक्ष ओलीले सत्तारुढ दल कांग्रेसप्रति कडा कटाक्ष गरे । 'चुनावमा नहार्ने हो भने चुनावमा भाग नै नलिए हुन्छ', उनले कांग्रेसप्रति लक्षित गर्दै भने ।

स्वास्थ्य राम्रै छ

कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफ्नो स्वास्थ्यबारे धेरैले सोध्ने गरेको उल्लेख गरे । 'मेरो स्वास्थ्य राम्रै छ', उनले भने, 'सबैको आयु सीमित हुन्छ, यसमा अरु सोच्नु जरुरी छैन ।'

विजयी वाम उम्मेद्वारलाई बधाईका लागि आयोजित कार्यक्रममा उनले स्वास्थ्यबारे पनि चर्चा गर्न भ्याए ।‘धेरैले मेरो स्वास्थ्य कस्तो छ भन्दै सोध्नुहुन्छ', ओ‌लीले भने, 'सोध्न थालेकै १५ वर्ष भन्दा धेरै भइसक्यो । मेरो स्वास्थ्य राम्रै छ। हरेक मान्छेको आयु सीमित हुन्छ । असीमित आयु कसैको हुँदैन।’

अध्यक्ष ओलीले मान्छेको गति, ज्ञान र क्षमता सीमित हुने जवाफ दिए । 'केही कुरा सीमित भए पनि इमान सीमित हुँदैन', उनले अगाडि भने, 'इमानका साथ हामी काम गर्छौं, अरू कुरामा किन लाग्नु ।'

नयाँ सरकारबाट अध्यादेश

अध्यक्ष ओलीले राष्ट्रपतिकहाँ पेश भएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश संविधानविपरीत भएको जिकिर गरे । त्यहीकारण त्यो अध्यादेश राष्ट्रपतिले पारित नगरेको पनि उनको भनाइ थियो ।

'बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने गरी संसदीय समितिबाट पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी अध्यादेश पेस गरेछ', उनले भने, 'त्यही कारण यो अध्यादेश पारित हुन सक्दैन ।'

उनले अहिलेको अध्यादेश कांग्रेसले शक्तिको दुरुपयोग गर्ने गरी पेश गरेको पनि आरोप लगाए । 'कुनै एउटा दललाई शक्ति दुरुपयोग गर्ने गरी अध्यादेश पारित हुन सक्दैन, ताजा जनादेश आइसकेपछि नयाँ सरकार बन्छ', उनले भने, 'नयाँ सरकारले अध्यादेश जारी गराउँछ । राष्ट्रियसभाबिना सरकार नबन्ने भ्रम मात्रै हो । रहेका कानुनी जटिलता जनताको मतबाट हटिसकेको छ ।'

अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा नतान्न पनि सरकारलाई आग्रह गरेका छन् । सरकारको तर्फबाट मंगलबार सञ्चारमन्त्री मोहनकुमार बस्नेतले दिएको अभिव्यक्तिले जनादेशको अपमान गरेको पनि उनले दावी गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.