दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपाली पक्राउ
सोल : दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपालीसहित २६ विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा १२ नेपाली र १४ चिनियाँ नागरिक भएको कोरिया प्रहरीको अपराध शाखाले जनाएको छ। प्रहरीले हुण्डी कारोबारीबाट झण्डै दुई हजार ८ सय अर्ब कोरियन वोन बरामद गरेको छ। कोरियामा ठूलो संख्यामा हुण्डी कारोबारि समातिएको पहिलो घटना हो।
अपराध अपरेशन नामक यो कारबाहीले कोरिया सरकार समेत चकित परेको छ। हुण्डी कारोबारको आरोपमा यस अघि पनि नेपालीसहित विदेशी नागरिक पक्राउ परेको भएपनि यो कार्बाहीले हुण्डीसँग अपराघको ‘कनेक्सन’ समेत फेला परेको प्रहरीको दाबी छ।
प्रहरीले सुवनमा रेष्टुरेण्ट व्यवसाय गर्ने ‘पि’ नाम गरेका ‘हुण्डी नाइकेसहित १२ नेपाली पक्राउ परेको पुष्टी गरेको छ। पक्राउपरेका सबैमाथि अनुसन्धान सुरु भएकाले अहिले नै सबै विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ। हुण्डीको रकम चीनिया भ्रष्टाचारी संगठनदेखि मुस्लिम अपराधिक संगठनसम्म पुगेको प्रहरीको अनुमान छ।