कहिल्यै अनुहार नदेखाउने आखिर को हुन् 'मार्समेलो' ?

कहिल्यै अनुहार नदेखाउने आखिर को हुन् 'मार्समेलो' ?

मार्समेलोको बुवाको परिचय ? - थाहा छैन । आमाको नाम ? - थाहा छैन ।श्रीमती वा गर्लफ्रेन्ड को हुन्, के गर्छिन् ? - थाहा छैन ।
आखिर को हुन् मार्समेलो ? - थाहा छैन ।बस्, मार्समेलोबारे संसारलाई यत्ति थाहा छ, ‘हि इज अ फेमस सिङ्गर ।’

फेसबुक, ट्विटर वा इन्टरनेटका जुनसुकै इन्जिन ‘सर्च’ गरे पनि उनको असली अनुहार भेटिँदैन । युट्युबमा मार्समेलो टाइप गर्दा मुखौटो लगाएको युवक (युवती होइन ? ) देखापर्छ । उसको आवाज सुनिन्छ, अनुहार देखिँदैन । घरिघरि त लाग्छ, नाच्दानाच्दै उसको मुखौटो फुत्त भुइँमा खसे पनि हुने ! गीत नसकिँदासम्म खसखस भइरहन्छ, खास को हुन् मार्समेलो !

मार्समेलो इडिएम प्रोड्युसर र डीजे हुन् । ‘जोयटाइम’ उनको बहुचर्चित एल्बम हो । लाखौं दर्शकले उनको उक्त एल्बम निकै रुचाएका छन् । ८ जनावरी २०१६ मा रिलिज भएको ‘जोयटाइम’मा १० वटा ट्र्याक छन् । यो एल्बम बिलबोर्ड इलेक्ट्रोनिक्स डान्स एल्बमको पाचौं नम्बरमा पर्न सफल भएको थियो । त्यसो त उनका हरेक गीत दर्शकका लागि उत्तिकै प्यारा छन् । उनले सन् २०१७ मै ‘एलोन’ गीत निकाले । गीत यति चर्चित बन्यो कि युट्युबमा यसको भ्युअर नै डेढ करोड नाघिसकेको छ । यो गीत ‘बिलबोर्ड हट हन्ड्रेड’ को सूचीमा पर्न सफल पनि भयो ।

डीजेका रूपमा संसारभर परिचित छन्- मार्समेलो । उनको खास नाम क्रिस कमस्टक हो । ज्याक र जेडको गीतमा रिमिक्स भरेपछि मात्र विश्वभर उनको चर्चा सुरु भयो ।

उनी म्युजिक स्टारका एक सदस्य पनि हुन् । यी सेलिब्रिटी आफ्नो परिचय किन गुमनाम राख्न चाहन्छन्, त्यो थाहा छैन । मार्समेलो आफ्ना गीतहरूमा प्रायः सेतो लुगा र सेतो मुखौटासहित देखा पर्छन् । सानो कदको मान्छे, बाल्टिनजस्तो मुखौटो लाएर यताउता बरालिँदा कुनै चिरपरिचित ‘जोक्कर’ हिँडेजस्तै जस्तै लाग्छ- मार्समेलो । दर्शक झुमाउन म्युजिक भिडियोमा उनको अभिनय पनि उत्तिकै आकर्षक छ ।

बुधबार मध्यरात दरबारमार्गस्थित ‘डेजाभु क्लब’ तोडफोड भयो । मार्समेलो नेपाल आउने हल्ला थियो । त्यसैले, उनको प्रस्तुति हेर्न हजारौं तिरेर धेरैले टिकट लिएका थिए । तर, निर्धारित समयभन्दा ६ घन्टा ढिलो भइसक्दा पनि उनी स्टेजमा नआएपछि दर्शकको शंका बढ्न थाल्यो । आयोजकले मार्समेलो नआउने घोषणा गरेसँगै डेजाभुमाथि आक्रमण भयो । मार्समेलोले ज्वरोको कारण आफू आउन नसकेको, स्वास्थ्य पहिलो र महत्वपूर्ण रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट् गरे । केही समयदेखि उनले अमेरिका, चीन, दक्षिण कोरिया, भारतजस्ता देशमा आफ्नो प्रस्तुति दिँदै आइरहेका थिए । नेपालमा पनि आउने भएपछि उनका फ्यान मक्ख थिए । उनको प्रस्तुति हेर्न लालायित युवाको सपना धेरै समय टिकेन ।

यतिधेरै चर्चित भइसक्दा पनि उनी आफ्नो अनुहार देखाउन चाहँदैनन् । यो मुखौटोले उनलाई झनै चर्चित बनाएको छ । उनका निर्णय, जिज्ञासा र सोचाइ प्रायः सामाजिक सञ्जालबाट बाहिर आउँछन् । ट्विटरमा मात्रै उनका फलोअर झन्डै १० लाख छन्।

मार्समेलोलाई बेलाबेलामा विभिन्न व्यक्तिसँग जोडिन्छ र उनको परिचय निकालिन्छ । उनी मार्टिन गारिक्स नै हुन् भनेर समेत चर्चा गरियो । केही-केहीले उनलाई समभोगेल हुन सक्ने अनुमान पनि गर्छन् । त्यस्तै अरू पनि थुप्रै शंका छन् । उनलाई अमेरिकी डीजे क्रिस्टियन कम्स्टक हुन् भन्ने अनुमान पनि गरिन्छ । डटकम भनेर चिनिने कम्स्टक र मार्समेलोको स्टाइल एउटै भएकाले पनि दुवै व्यक्ति एकै हुन् भन्ने चर्चा हुन्छ ।

जुलाई ८, २०१७ का दिन इन्डियन नायिका उर्वसी रउटेलाले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरिन् । त्यो फोटोमा सबैको अनुहार प्रस्टै देखिन्छ । फोटोमा उर्वसी, क्रिस कम्स्टक, मोई सालिजी छन् र त्यो फोटो मार्समेलोलाई पनि ट्याग गरिएको छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ, कतै मार्समेलो कम्स्टक नै त हैनन् ! तर, दाबी गर्न सकिने कुनै आधार छैन । खास को हुन् मार्समेलो भनेर ठम्याउन गाहै्र छ ।

मार्समेलो एउटा स्थापित र खतरनाक डीजेका रूपमा संसारभर परिचित भइसकेका छन् । उनको खास नाम क्रिस कमस्टक हो । उनको चर्चा त्यतिबेला भयो जतिबेला उनले ज्याक र जेडको गीतमा रिमिक्स भरे । त्यस्तै उनले लिक्स, जैज, ओके, स्लुसीजस्ता गायकसँग मिलेर पनि गीत गाइसकेका छन् । उनले विश्वचर्चित गायिका सेलेना गोमेजसँग मिलेर पनि गीत गाएका थिए । उनको आवाज मुखौटोबाट बाहिरसम्म आउँछ, अनुहार आउँदैन ।

स्वरका मात्र धनी होइनन्, मार्समेलो । विश्वका धनी व्यक्तिको नाम सार्वजनिक गर्ने फब्र्स पत्रिकाका अनुसार, उनी विश्वका सर्वाधिक महँगा डीजेमा पर्छन् । उनले यस वर्ष लगभग २१ अर्ब कमाएको फोब्र्सले जनाएको छ ।

उनी किन लगाउँछन् माक्स ? मुखौटो लगाएर प्रस्तुति दिने यी चर्चित गायक डेड माउस र डाफ्ट पंकबाट प्रभावित छन् । यी दुई डीजे पनि मुखौटो लगाएरै आफ्नो प्रस्तुति दिन्छन् ।

-एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.