जसले ओस्कार चुम्न सकेनन्

जसले ओस्कार चुम्न सकेनन्

ओस्कार कमिटीको आँखामा आजसम्म पनि पर्न नसकेकी नायिका हुन्- स्कार्लेट जोहन्सन । फिल्म ‘लस्ट इन ट्रान्सलेसन’की नायिका जोहन्सनले आजसम्म कुनै पनि ओस्कार पाएकी छैनन् ।टम क्रुज हलिउडका निकै चर्चित कलाकार हुन् । उनका फिल्म युवा पुस्तामाझ मात्रै नभई सबैसामु उत्तिकै चर्चित छ । आफ्नो दशकौं लामो करियरमा यी हँसिला अभिनेताले आजसम्म थुप्रै गोल्डेन ग्लोब अवार्ड हात पारिसके । तर, ओस्कार अवार्ड भने अहिलेसम्म जितेका छैनन् । सन् १९८४ यता उनी सातवटा गोल्डेन ग्लोब अवार्डमा मनोनीत भइसके । तीमध्ये तीनवटा क्रुजले हात पारी सके ।

हलिउड सिनेमा इन्डस्ट्रीमा अर्का अभिनेता विल स्मिथले पनि यी दुवै अवार्ड हात पार्न सकेका छैनन् । उनी पनि कडा मेहनत गर्ने अभिनेताका रूपमा चिनिन्छन् । उनी गोल्डेन ग्लोबमा पाँच पटक र एकेडेमी अवार्डमा दुई पटक मनोनयनमा पर्न सफल भइसकेका छन् ।

oskar_abgagi

ओस्कार कमिटीको आँखामा आजसम्म पनि पर्न नसकेकी अर्की नायिका हुन् स्कार्लेट जोहन्सन । फिल्म ‘लस्ट इन ट्रान्सलेसन’की नायिका जोहन्सनले आजसम्म कुनै पनि ओस्कार पाएकी छैनन् । त्यसैगरी गोल्डेन ग्लोबमा पनि उनी तीन वर्षसम्म लगातार चारवटा विधामा मनोनयनमा परे पनि पुरस्कार भने आजसम्म जित्न सकेकी छैनन् ।

बहुप्रतिभाशाली म्याडोनालाई हिरोइनको रूपमा हेरिँदैन । न त कुनै फिल्ममा गीत लेख्ने गीतकारको रूपमा उनलाई प्रशंसकले चिन्छन् । यद्यपि उनी विश्वप्रसिद्ध गायिका हुन् भन्नेमा दुई मत छैन । ओस्कारमा अहिलेसम्म एउटा पनि मनोनयनमा नपरे पनि उनी हालसम्म सातवटा गोल्डेन ग्लोबको मनोनयनमा परिसकेकी छिन् । यीमध्ये दुईवटा जितेकी छिन् । उनले सन् १९९६ मा बनेको फिल्म ‘इभिटा’ मा ‘बेस्ट ओरिजिनल सङ’को पुरस्कार जितिन् ।

oskar

प्याम ग्रियरले हरेक फिल्ममा उत्तिकै रोचक भूमिकामा अभिनय गरेकी छिन् । यद्यपि उनले हालसम्म ओस्कार त के गोल्डेन ग्लोबसमेत हात पार्न सकेकी छैनन् । उनी आफ्नो फिल्म ‘ज्याकी ब्राउन’मा मात्रै गोल्डेन ग्लोबको मनोनयन परेकी थिइन् । अर्की अभिनेत्री क्लेरी डेन आजसम्म एउटा पनि ओस्कारको मनोनयनमा परेकी छैनन् । तर, उनी पाँच पटक गोल्डेन ग्लोबमा मनोनीत भई चार पटक अवार्ड जितिसकेकी छिन् । उनले विशेषगरी टेलिभिजन सिरिजका लागि उक्त अवार्ड पाएकी हुन् ।

‘द डेभिल वेयर्स प्राडा’, ‘सिकारियो’लगायतका फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी नायिका इमिली ब्लन्टको एकेडेमी अवार्ड शून्य नै छ । तापनि उनी गोल्डेन ग्लोबमा भने पाँच पटकसम्म मनोनयनमा परेकी छिन् । यीमध्ये फिल्म ‘जिडियोन्स डटर’का लागि उनले यो पुरस्कार जितेकी छिन् ।

हलिउडमा एक प्रतिष्ठित अवार्डको रूपमा रहेको गोल्डेन ग्लोब अवार्ड २०१८ का लागि मनोनयन सुरु भइसकेको छ । त्यसका लागि प्रतिभाशाली कलाकारहरू इम्मा स्टोन, मेरिल स्ट्रिप, डेनजेल वासिङ्टन र टम ह्याङसलगायत कलाकारहरू मनोनीत भइसकेका छन् । यद्यपि अवार्ड कस-कसले आफ्नो पोल्टामा पार्ने हुन् भन्नेबारे भने आगामी जनवरी ७ तारिखमा मात्रै थाहा हुनेछ ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.