'म कम बोल्छु तर काम बढी गर्छु'

 'म कम बोल्छु तर काम बढी गर्छु'

विकासमा तपाईंका प्राथमिकता के छन् ?

मेरो पहिलो प्राथमिकता गौरीफन्टा नाका स्तरोन्नति हो। धनगढी–अत्तरिया क्षेत्र यो प्रदेशको आर्थिक राजधानी हो। नेपालतर्फबाट ६ लेनको सडक निर्माण सुरु भइसकेको छ भने भारततर्फबाट पनि करिब ३० किमिको दूरीमा डबल लेनको सडक निर्माण भइरहेको छ। यो नाकाको स्तरोन्नति गरी यस क्षेत्रमा तीव्र आर्थिक विकास गर्नु मेरो पहिलो प्राथमिकता हो। धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ। भारतलगायत पश्चिमतिरबाट आउने बोइङ यस क्षेत्रमा उतारेर यहाँबाट डोमेस्टिक उडान भर्न सके प्रदेश ७ को विकास हुन्छ। सेती अञ्चल अस्पताल ४० वर्षदेखि सय शैड्ढयामा चलिरहेको छ। यसलाई पाँच सय शैड्ढयाको बनाउने प्रयत्न गर्नेछु। त्यस्तै राना, डगौरा थारू र भूमिहीनलाई व्यवस्थित गर्नुपर्ने छ। त्यसका लागि प्राविधिक टोली बनाएर तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर लागिपर्ने छु।

नेता चुनाव जितेपछि फर्किंदैनन् भनिन्छ, तपाईंलाई कसरी पत्याउने ?

म कम बोल्छु तर काम बढी गर्छु। मैले तडकभडक केही गरिनँ। यो कुरा समयले तय गर्नेछ। मैले यही क्षेत्रमा राजनीति गर्नुछ। म यस क्षेत्रको भूमिपुत्र हुँ। मैले जितेपछि नआउने त कुरै छैन, बरु यो क्षेत्र छाडेर जाने ठाउँ मसँग कहाँ छ र भन्नुस्। जनतामाझ मैले चुनावका बेला गरेका बाचा पूरा गर्नमा केन्द्रित भइसकेको छु।

तडकभडकबिना चुनाव जितिन्न भनिन्छ नि !

मसँगै चुनाव लडेकाहरूको तडकभडक कति थियो थाहै होला। उम्मेदवार आएको हो कि गाउँमा प्रधानमन्त्री ? सुरक्षाका त्यत्रा गाडी हुन्थे। तर, म गाउँगाउँ एक्लै हिँडे। जनताको छोरो हुँ भने। जनताले मलाई पत्याए। अब मेरो निर्वाचन क्षेत्रका ९२ हजार मतदाताको प्रनितिधि हुँ। ५ वर्ष सबै मतदाताको सेवक भएर काम गर्नेछु।

तीव्र आर्थिक विकास कसरी सम्भव छ ?

स्रोतको परिचालन गर्न जान्नुपर्छ। हामीसँग स्रोतको कमी छैन। सुदूरपश्चिममा अथाह जलस्रोत छ। तर, हामीले दोहन गर्न सकेका छैनौं। जडीबुटीको पनि अपार सम्भावना छ। हामीले त्यसलाई प्रशोधन गरेर मूल्यवान बनाउन सकेका छैनौं। अन्नको भण्डारका रूपमा तराई छ, तर हामीले बर्खाको बाढीबाट तराईका ती मलिला फाँटलाई जोगाउन सकेका छैनौं। त्यसैले अबको पाँच वर्ष यस्ता योजना बन्छन कि म यी काम गर्न सकूँ।

एकजना सांसदले यतिका काम सम्भव होला ?

मलाई सांसद मात्रै नभन्नुस्, म केही दिनपछि गठन हुने सरकारको मन्त्री पनि हुँ। अब पाँच वर्षका लागि वाम गठबन्धनको सरकार बन्छ। हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री बन्नुुहुन्छ। यो क्षेत्र पछाडि परेकाले यहाँको गरिबी राष्ट्रिय गरिबीको तथ्यांकभन्दा दोब्बर छ। ती समस्या समाधानका लागि काम गर्नेछु। प्रस्तुति :  शिवराज भट्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.