'जनताले विकास र समृद्धि चाहेका छन्'

'जनताले विकास र समृद्धि चाहेका छन्'

 

निर्वाचित भएपछिको अनुभूति कस्तो ?

विजयी भएपछि थप जिम्मेवारीबोध महसुस भएको छ। जनताले मलाई विकास र समृद्धिको भारी बोक्ने जिम्मेवारी सुम्पेका छन्। जीवनमा जनताको सेवा गर्ने र जिल्लाको विकासमा अग्रसर हुने अवसर मिलेको छ। राजनीतिक जीवनमा विगतभन्दा थप क्रियाशील भएर लाग्ने मौका पाएको छु। समग्रमा जनताबाट अनुमोदित हुँदा गर्व महसुस भएको छ।

जनताले कस्तो अपेक्षा गरेका छन् ?

विजयी घोषणा भएपछि म मतदाताको घरदैलोमा पुगेर फर्किएको छु। जनतामा यसपटक विकास र समृद्धिको अपेक्षा बढी छ। जनताले गाउँमा बाटो, खानेपानी र बिजुली माग गरिरहेका छन्। विकास र समृद्धिसँगै वाम गठबन्धनबीच तत्काल पार्टी एकता जनताले चाहेका छन्। विकास र समृद्धिका लागि स्थायी सरकारको कामना गरेको मैले पाएँ।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने काम के छ ?

हाम्रो जिल्ला र क्षेत्रमात्र होइन, समग्र प्रदेश ६ का लागि तत्काल गर्नुपर्ने काम विमानस्थल निर्माण हो। सुर्खेतमा सम्भाव्यता अध्ययन भइसकेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पहिलो प्राथमिकतामा छ। यो प्रदेशमा अहिले एउटा पनि ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थल छैनन्। काठमाडौंका लागि जहाज चढ्न नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ। त्यसैले सुर्खेतको मदानेचौरमा प्रस्ताव गरिएको क्षेत्रीय विमानस्थल निर्माणलाई मुख्य प्राथमिकता दिनेछु। हरेक गाउँलाई जोड्ने सडक विस्तार र स्तरोन्नतिको काम पनि तत्काल गर्नुपर्नेछ। जनताको जीवनस्तर उकास्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछु।

पाँच वर्षभित्र जनताले कस्तो अनुभूति गर्लान् त ?

अबको पाँच वर्षभित्र जिल्लाका सबै वडामा विद्युत् सेवा पुग्नेछ। मेरो कार्यकालमा यस क्षेत्रका सबै गाउँ र टोलका जनताले सडक पुगेको देख्नेछन्। कसैले पनि पैदल हिँड्नुपर्ने अवस्था आउँदैन। हाल निर्माण भएका सडक पनि स्तरोन्नति भएको पाउनेछन्। अर्कोतर्फ जनताको जीवनस्तरमा सुधार आउनेछ। हामी त्यसका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नेछौं। प्रस्तुति : ललितबहादुर बुढा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.