सर्वदलीय बैठक बस्दै

सर्वदलीय बैठक बस्दै

काठमाडौं : निर्वाचनपश्चात राष्ट्रिय मान्यताप्राप्त पाँच दल सम्मिलित सर्वदलीय बैठक केही बेरमा बस्ने भएको छ। बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजे आह्वान गरेको बैठकले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भएको छ। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेताहरू सहभागी हुनेछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राष्ट्रियसभा अध्यादेश र सरकार निर्माणमा देखिएको अवरोध अन्त्यका लागि दलहरूबीच संवादको वातावरण बनाइ सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेटी दाहालले संवादहीनताले दलहरूबीच आपसी विश्वास घट्ने र समझदारी निर्माणमा जटिलता उत्पन्न गर्ने भएकाले तत्काल संवादको वातावरण निर्माण गर्न आग्रह गरेका हुन्। दाहाल केही दिनका लागि उपत्याकाबाहिर जाने भएकाले पनि आजै बैठक बस्न लागिएको बताइएको छ।

कांग्रेस एकल संक्रमणीय मतदान विधिबाट र एमाले बहुमतीय आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने पक्षमा अडिग छन्। दुवैको अडानका कारण प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच लामो समयदेखि संवादसमेत हुन सकेको थिएन्। वाम गठबन्धन र नेपाली कांग्रेस दूरी मतभेद बिढरहेका बेला प्रधानमन्त्री देउवाले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.