हलि-बलिउडका छरिता आमा अभिनेत्री

हलि-बलिउडका छरिता आमा अभिनेत्री

काठमाडाैं : गर्भवती भएपछि महिलाहरूको खानपान क्रमशः बढ्न थाल्छ। शारीरिक श्रम चाहिँ घट्न थाल्छ। जसले गर्दा शरीरमा बोसो थुप्रिँदै जान्छ। गर्भवती भएपछि दुग्ध परिकार, मासुका परिकार, घिउ हालेको खाना बढी खाने गरिन्छ। यस्तो खानाले शरीर झनै मोटाउँछ। गर्भवती र सुत्केरी अवस्थामा शरीरमा थुप्रिएको बोसो घटाउन गाह्रो हुन्छ। तर, मेहनत गर्ने हो भने गर्भधारण गर्नुभन्दा अघिकै छरितो शरीरमा आफूलाई फर्काउनु असम्भव होइन भन्ने कुरा बलिउडका केही अभिनेत्रीले पुष्टि गरिदिएका छन्।

करिना कपुर

kareena-kapoor
गत वर्ष करिना कपुरले छोरा तैमुर खानलाई जन्म दिइन्। सुत्केरी भएको ४५ दिनमै उनी मुम्बईमा आयोजित ‘लेक्मे फेसन विक’मा सहभागी भइन्। त्यतिबेला उनको वजन निकै कम भइसकेको थियो। त्यसयता उनले आफूलाई गर्भवती बन्नुअघिकै अवस्थामा फर्काइसकेकी छिन्।

सुत्केरी भएको केही सातापछि उनी प्रतिदिन आधा घण्टा हिँड्न थालिन्। र, बिस्तारै उनले व्यायाम बढाउँदै लगिन्। करिनाले पूरै शरीरका लागि हुने व्यायामको साटो बोसो थुप्रिएका ठाउँमा बढी दबाब पार्ने व्यायाम गरिन्।

यसका लागि उनले ‘लिफ्ट’ प्रयोग गर्न छोडिन् र भर्‍याङ चढ्न थालिन्। हलुको खालको सेटअप गरिन्। ‘ब्याटल रोप एक्सरसाइज’ गरिन्। खास गरी हात, खुट्टा र पेटको बोसो कम गर्ने खालका व्यायाम गरिन्।

सुत्केरी अवस्थामा उनको वजन १८ केजी बढेको थियो। ‘घाँटीमा डबल चिन बनिसकेको थियो, बिस्तारै सबै घट्दै गयो,’ उनले भनिन्। गर्भावस्थामा शरीरको क्याल्सियम बढी नष्ट हुने भएकाले करिनाले क्याल्सियमयुक्त खाना बढी खान थालिन्।

दुग्ध परिकार बढी खाइन्। यसले पनि बोसो घटाउन मद्दत गर्‍यो। सुत्केरी अवस्थामा आँखा वरिपरि आएका डार्क सर्कलका लागि उनले भिटामिन बी–१२ र आइरन बढी पाइने खानामा जोड दिइन्। सन्तुलित खानपान र व्यायामका कारण उनी पुनः छरिती भएकी छिन्।

शिल्पा शेट्टी

Shilpa-Shetty-Yoga

बलिउड अभिनेत्री शिल्पा शेट्टी योग तथा फिटनेस गुरु पनि हुन्। सुत्केरी महिलालाई वजन घटाउने टिप्स दिने गर्छिन्। आफ्नै जीवनमा सफलसिद्ध भएको विधि उनी अरूलाई सिकाउने गर्छिन्।

सुत्केरी भएको एक वर्षमै उनले २१ केजी वजन घटाइन्। तीन महिनामै उनी निकै छरिती भइसकेकी थिइन्। यसको श्रेय उनी नियमित व्यायाम, योग, स्वस्थ तथा सन्तुलित खानालाई दिन्छिन्।

भन्छिन्, ‘सुत्केरी भएपछि जोर्नी, ढाड र घाँटी दुख्छ। त्यतिबेला मांसपेशी कमजोर भएको हुन्छ। त्यही भएर मैले सुरुमा हलुको खालको व्यायाम र योग गरेँ। बिस्तारै यसको मात्रा बढाउँदै गएँ।’ सुत्केरी अवस्थामा हड्डीलगायत समग्र शरीर कमजोर हुने भएकाले उनले क्याल्सियम, प्रोटिन र कार्बोहाइड्रेटयुक्त खाना बढी खाइन्। भिटामिन–ई पाइने खानामा पनि बढी जोड दिइन्। ‘त्यतिबेला मैले तरकारी र फलफूल बढी खाएँ,’ उनले भनिन्, ‘योग र व्यायाम नियमित गरेँ र पुनः फिट भएँ।’

लारा दत्ता

lara-dutta-(1)

पूर्व मिस युनिभर्ससमेत रहेकी बलिउड अभिनेत्री लारा दत्ताले छोरी सायरालाई जन्माएकी थिइन्। छोरीको लालनपालनसँगै उनले आफ्नो फिटनेसमा पनि ध्यान दिइन्। योग, व्यायाम र खानपानमा अनुशासन अपनाएर उनले वजन घटाइन्।

‘सुत्केरी भएको आठ सातापछि मैले लाइट एक्सरसाइज गर्न सुरु गरेँ,’ उनले भनिन्, ‘प्रतिदिन डेढ घण्टाका हिसाबले सातामा पाँच दिन एक्सरसाइज गर्न थालेँ। बिस्तारै एक्सरसाइजलाई कडा बनाउँदै लगेँ।’

पशु अधिकारवादीसमेत रहेकी लारा शाकाहारी हुन्। वजन घटाउँदाताका उनले फलफूल र तरकारी प्रशस्तै खाइन्। दिनको तीन पटक हेभी खाना खाने पहिलेको बानी त्यागेर उनले दिनमा पाँच पटक थोरै–थोरै खाने बानी बसालिन्। ब्रेकफास्टमा जाउलो, फलफूल, अण्डा र जुस खाइन्।

दिउँसोको खानामा तीन वटा पातला रोटी, तरकारी र सलाद खाइन्। रातिको खानामा चाहिँ फलफूल र ड्राई फ्रुट्स मात्र लिइन्। यस्तो दिनचर्याका कारण केही महिनामै उनी फिट भइन्।

ऐश्वर्या राय

aishwarya-rai-

छोरी आराध्या जन्मिएपछि महिनौँसम्म ऐश्वर्या रायले वजन घटाउन चासो देखाइनन्। वजन नघटाएर हेलचेक्य्राइँ गरेको भन्दै मिडियामा उनको आलोचना पनि भयो। जवाफमा उनले भनिन्, ‘अहिले म आमा बन्न चाहन्छु, त्यसैले मेरी छोरीलाई अनुकूल हुने खालको वजन कायम गरेकी छु। वजन घटाउने हतारो मलाई छैन, अरूलाई केको हतारो ?’

बिस्तारै उनी वजन घटाउनेतर्फ लागिन्। सुरुमा उनी जंक फुड, फ्राइड फुड, चिल्लो खानाबाट टाढिइन्। यसको सट्टा उसिनेको तरकारी, ताजा फलफूल र जुस बढी खान थालिन्। यस्तो खानाले उनको वजन घट्दै गयो।

ह्वाइट राइस छोडेर उनले बढी फाइबर पाइने ब्राउन राइस खान थालिन्। हरिया सागपात र फलफूल प्रशस्तै खाइन्। शरीरमा लागेको बोसो घटाउन ऐश्वर्या मनतातो पानीमा कागती र मह मिसाएर खान्थिन्।

खानपानसँगै उनले वर्कआउट पनि गरिन्। जिमखाना जान थालिन्। योग गरिन्। ‘कार्डियो वर्कआउट’ गरिन्। र, सुत्केरी हुनुअघि ‘धुम–२’मा भएजस्तै छरितो ज्यान बनाइन्। 

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.