कपाल झरे के गर्ने ?

कपाल झरे के गर्ने ?

सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । त्यसैले जाेकाेही व्यक्‍ति आफ्नो कपालको सौन्दर्य चम्काउन विभिन्न सौन्दर्य प्रशाधनका सामग्रीको प्रयोग गर्दछन् । तर जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा कपाल राम्रो हुनुको सट्टा झर्ने, टुक्रन, हांगा फाट्ने मात्र नभइ कपालको चमक नै हराउँछ । त्यसैले कपालको हेरविचारमा विशेष ध्यान दिनुपर्छ । कपाल झर्नबाट बचाउन ब्युटिसियन मञ्जु कार्की पाण्डेको सल्लाह यस्तो छ :

—निम र बयरका पातलाई पानीमा भिजाएर पिस्नुहोस् र टाउकोमा लगाउनुहोस् । दुई घण्टापछि पखाल्नुहोस् । एक महिनासम्म यसो गर्नाले कपाल झर्न रोकिनेछ । र, नयाँ कपाल उम्रिनेछ ।

—कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप बनाइ लगाउनाले नयाँ कपाल उम्रिन्छ ।

—कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर तताउनुहोस् । तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रूपले यस तेलको प्रयोग गर्नुहोस् ।

—कागतीको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस् । यसो गर्दा टाउकोमा भएको फोहोरमैला निस्किन्छ र कपाल झर्नबाट रोकिन्छ ।

—कपालमा अमलाको रसले मालिस गर्नुहोस् । खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ ।

—कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा रगडेर पेस्ट बनाउनुहोस् । नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस् ।

—लसुनको तेल लगाउनाले कपाल झर्नबाट रोकिन्छ ।

—काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ ।

—मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस् । टाउकोमा यो लेप लगाउनुहोस् ।

–सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस् । यसले टाउको धुनुहोस् । टाउकोमा नस्किेका फोका हट्नेछन् साथै खुइलिएको स्थानमा कपाल उम्रिन थाल्नेछ । र, कपाल छिटो बढ्नेछ । टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस् ।

—अनारको पात पानीमा पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ ।

—बन्दाको रसले निरन्तर टाउको मालिस गर्ने हो भने कपाल झर्ने, टुक्रिने समस्याबाट जोगिन सकिन्छ ।

—खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन् ।

—टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ कागतीको रसले दुई महिनासम्म रगड्नुहोस् । यसो गर्नाले कपाल उम्रिनेछन् ।

—केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ ।

—हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस् । त्यसपछि नुहाउनुहोस् गर्नुहोस् । कपालका जरा बलिया हुनेछन् ।

—एक दाना कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्नुअघि कपालमा लगाउनुहोस् । बिहान टाउको धुनुहोस् । रुखोपन समाप्त भएर कपाल झर्न बन्द हुनेछ ।

—महमा कागतीको रस मिलाएर कपालको जरामा लगाउनुहोस् । आधा घण्टापछि टाउको धुनुहोस् । एक महिनाभरि हप्तामा दुई पटक यो प्रयोग गर्नुहोस् । कपाल बलियो भएर झर्न रोकिनेछ एवं चम्किन थाल्नेछ ।

—काँक्राको रस खुइलिएको स्थानमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ ।

—दुई ठूलो चम्चा दाना मेथी पानीमा रातभरि भिजाएर राख्नुहोस् । बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र कपालको सुक्खापन पनि हट्छ ।

—भाङका पातहरूको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ ।

—एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस् । कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले धुनुहोस् । यसबाट कपाल स्वस्थ, चम्किलो र नरम हुनुका साथै कपाल झर्न रोकिनेछ ।

—कपाललाई झर्नबाट रोक्नका लागि यसलाई बाफ दिइरहनुपर्छ ।
—कपाल तीव्र रूपमा झर्‍यो भने तुलसीका बीउलाई बेल या निमका पातहरूसँग उमालेर त्यो पानीले कपाल धुने गर्नाले लाभ हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.