बालुवाटारमा देउवा र ओलीको ‘हेण्डसेक’को महत्व ..
काठमाडौं : भेटमा हात मिलाउनु (हेण्डसेक) गर्नु सामान्य विषय हो । तर, कुनै सन्दर्भले विषयलाई महत्वपूर्ण बनाउछ । शुब्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठकमा एउटा त्यस्तै महत्वपूर्ण हेण्डसेक भयो ।
सामान्यतया स्वागतमाका क्रममा हुने हेण्डसेक मुस्कानसहितको हुन्छ । तर, प्रधानमन्त्री देउवाले भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुस्कानसहित स्वागत गर्न नसकेको कुरा तस्बिरमा देख्न सकिन्छ । देउवाले ओलीलाई स्वागत गर्दा अनुहारमा हेरेका छैनन् । ओली भने उत्सुकताका साथ देउवाको अनुहारमा हेरिराखेका छन् ।
विषय र सन्दर्भ सामान्य भए पनि यो तस्बिरको महत्व फरक छ । ओली चाँडै बालुवाटारमा प्रधानमन्त्रीको रुपमा भित्रदै छन् भने देउवा निर्वतमान प्रधानमन्त्री बन्दै छन् । तस्बिरमा देउवा र ओलीसँगै पृष्ठभूमिमा छन् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ । नेता नेपाल र श्रेष्ठले समेत देउवा र ओलीको हेण्डसेकलाई महत्व दिएको देखिदैन । राससका लागि रोशन सापकोटाले खिँचेको यो तस्बिर थप आफैँ बोल्छ ।