अतिथिलाई मायाको चिनो आँपको बिरुवा
लहान : कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनोस्वरुप एउटा आँपको बिरुवा प्रदान गरिएको छ । केन्द्रीय सभा आतिथ्य गरेको नेपाल अर्बुदरोग निवारण संस्था सिरहा शाखाले उनीहरुलाई उक्त मायाको चिनो आँपको रुख प्रदान गरेको हो ।
शाखा सभापति अशोककुमार अमात्यले सिरहाको परिचय बन्दै आएको आँपलाई चिनाउन सबै आपको बिरुवा मायाको चिनो प्रदान गरिएको बताए । उनले केन्द्रीयसभामा आएका करिब ३० जिल्लालाई समेत एकएक थान आँपको बिरुवा सम्झनाको चिनो दिइएको जानकारी दिए । सिरहाको आँप नेपालभर प्रसिद्ध छ।