'जनताको भरोसा टुट्न दिन्नँ'

'जनताको भरोसा टुट्न दिन्नँ'

 जितलाई कसरी लिनुभएको छ ?

यो जितलाई जनताले दिएको ठूलो जिम्मेवारी सम्झेको छु । अब यो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गराउने अभियानमा केन्द्रित रहनेछु । जनताले गरेको भरोसालाई टुट्न नदिने हिसाबले काम गर्नेछु ।

तपाईंका निर्वाचन क्षेत्रका समस्या ?

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ लाई मैले समस्याग्रस्त क्षेत्रका रूपमा हेरेको छु । यो क्षेत्रमा विकासका आधारभूत कुरासमेत छैनन् । यो क्षेत्रका ९० प्रतिशत बसोबास अव्यवस्थित छ । बाढीपीडित, नदी कटानी, आरक्षपीडित, भूमिहीन, सुकुम्बासी, मुक्त कमैयालगायत अव्यवस्थित बसोबास गर्न बाध्य छन् । यसलाई व्यवस्थित बनाउनु छ । यातायातको सुविधासँगै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत व्यवस्थापन गर्नु छ । यस्तै, विकासका पूर्वाधारको सुरुवात गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

अव्यवस्थित बसोबासलाई समाधान गर्ने योजना ?

यो क्षेत्रको सबभन्दा ठूलो समस्या अव्यवस्थित बसोबास हो । दशकौंदेखि जमिन भोगचलन गरेर बसोबास गर्दै आएका मानिसले पनि लालपुर्जा पाउन सकेका छैनन् । यसले नागरिक र राज्यलाई पनि समस्यामा पारेको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गरेर लालपुर्जा दिने हो । जनताले घरबहाल कर, सम्पत्ति कर तिर्न थालेपछि राज्यको आम्दानी पनि बढ्छ । जनताले लालपुर्जा बैंकमा राखेर ऋण लिने र केही काम गर्न सक्ने अवस्था बन्छ । सबै तहका सरकारसँग सहकार्य गरेर समस्या समाधान गर्नुपर्छ ।

चुनावी प्रतिबद्धता पूरा गर्न सम्भव होला ?

हामीले चुनावका बेला जनतालाई पूरा गर्न नसक्ने कुनै प्रतिबद्धता गरेका छैनौं । झुटा आश्वासन दिएर जनतासँग भोट मागेकै छैनौं । जनतालाई विकाससँग जोड्ने प्रतिबद्धता गरेका छौं । ती वाचा पूरा गर्न रातदिन काम गर्नेछौं ।

कस्ता समस्यालाई प्राथमिकतामा राख्नुभएको छ ?

व्यवस्थित बसोबासपछि यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा एवं अन्य प्राविधिक र व्यावसायिक बनाएर लैजाने योजना बनाएको छु । जनतालाई विकाससँग जोड्नेछु । आरक्ष पीडितको समस्या पनि प्राथमिकतामा छ । प्रस्तुती :  विष्णुप्रसाद देवकोटा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.