‘समृद्ध रुकुम मूल कार्यदिशा’

‘समृद्ध रुकुम मूल कार्यदिशा’

 जितपछि कस्तो अनुभव भइरहेको छ ?

यो रुकुमका जनता र मतदाताले गरेको निर्णय हो । जनताको मागअनुसार म उम्मेदवार भएको हुँ र जनताले नै विजयी गराएका हुन् । म सम्पूर्ण मतदाता र जनताप्रति आभारी छु ।

रुकुमका जनता र मतदातालाई के भन्नुहुन्छ ?

ठूलो आशा र अपेक्षासहित मलाई र संयुक्त वाम गठबन्धनलाई जिताएको छ । यसलाई एउटा चुनौतीको रूपमा लिएको छु । सम्पूर्ण मतदाता र जनताको आशालाई निराशा नबनाउने, मैले गरेका प्रतिबद्धता पूरा गर्न लागिपर्छु । म यस क्षेत्रका सबै मतदाताको प्रतिनिधि भएर काम गर्नेछु ।

यस क्षेत्रका लागि प्राथमिकताको विषय ?

अबको पाँच वर्ष के-के गर्ने भन्नेबारे निर्वाचन प्रचारक्रममा जनतामाझ संयुक्त वाम गठबन्धनका तर्फबाट प्रतिबद्धता-पत्र सबैको घर-घरमा पुर्‍याएका छौं । घोषणापत्रमा तोकिएका प्राथमिकता शिक्षा, स्वास्थ्य, पर्यटन विकाससँगै जिल्लाको अन्य भौतिक पूर्वाधारको निर्माण, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिनेछ । ‘समृद्ध रुकुम समाजवादको आधार’ यो नारा हाम्रो घोषणापत्रको मूल विषय र कार्यदिशा पनि हो ।

यसपटकको चुनावमा केही भिन्नता अनुभव भयो ?

०४८ सालको चुनाव क्रान्तिको तयारीको सन्दर्भमा थियो र त्यो मेरा लागि पहिलो अनुभव थियो । त्यसपछिका निर्वाचन संविधान निर्माणसँग गाँसिएका थिए । अहिलेको निर्वाचन संविधान कार्यान्वयन र समृद्धिसँग जोडिएको छ । चुनावमा मैले समृद्धिकै लागि प्रतिबद्धता व्यक्त गरेको छु । यसपटक जनतासँग अन्तरक्रिया गर्दै पोस्टरबिना कुनै हल्ला नगरी सामान्य रूपले चुनावी कार्यक्रम अगाडि बढायौं । खर्च पनि कम भयो ।

अब बन्ने सरकारको प्राथमिकता ?

जनताले वाम गठबन्धनलाई जे अपेक्षा गरेर अमूल्य मत दिएको छ त्यसको सम्मान गर्नुपर्छ । त्यो मूलतः राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र पारदर्शिता हो । अब राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, पारदर्शी ढंगले सरकार सञ्चालन, सुशासन, भ्रष्टाचारविरुद्ध अभियानका साथै सामाजिक न्याय स्थापित गर्छौं ।

सरकार र पार्टी कसले चलाउने विवाद हुँदैन ?

व्यक्तिगत आकांक्षीको भिडन्त हुन सक्छ तर पार्टी निर्णय र पद्धतिमा यसले असर पार्दैन । कसैको व्यक्तिगत चाहना हुन सक्छ तर मूल आवश्यकता र पार्टी निर्णय कार्यान्वयन हुने हो । त्यसले पार्टी निर्णयलाई कार्यान्वयन गर्नुपर्छ ।

प्रस्तुति : महेश केसी

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.