कुर्सीका सदाबहार खेलाडी प्रेमबहादुरको ‘प्रेम लीला’

कुर्सीका सदाबहार खेलाडी प्रेमबहादुरको ‘प्रेम लीला’

काठमाडौं : सानो दलमा बसेर पनि निरन्तर कुर्सीका खेलाडी प्रेमबहादुर सिंह यो पटक पनि समानुपातिकबाट सांसद बन्ने पक्का भएको छ । प्रेमबहादुुर सिंहको समाजवादी जनता पार्टी जस्तै अन्य साना दलले थ्रेस होल्ड कटाउन नसक्दा पानी पनि पिउन सकेनन् । तर उनी आफैँ भने यो पटक पनि कुर्सीका खेलाडी बन्ने ढोका खुलिसकेको छ ।

आफ्नो दल नै यो निर्वाचनबाट हराउने अवस्था आएपछि उनले माओवादीका नेतालाई फकाउन भ्याइहाले । सिंह माओवादी केन्द्रबाट सांसद बन्ने भएपछि लगातार पाँच पटक उनको संसद यात्रा तय भएको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगलाई पठाउन लागेको समानुपातिक सूचीमा परेका २ पुरुष सांसदमध्ये सिंह पनि एक हुन् । माओवादीले समानुपातिकको खर्सआर्य सूचीको एक नम्बरमा रहेका नेता हितराज पाण्डेसँगै पिछडिएको क्षेत्रबाट सिंहको नाम समेत पठाएको छ । आयोगमा नाम पठाइएपछि सिंह सांसद बन्ने पक्का भएको हो । २०४८ सालदेखि सिंह निरन्तर सांसद हुदै आएका छन् ।

यस्तो छ सिंहको राजनीतिक यात्रा

कालिकोटको साविकको ओदानकु गाविस–८ डिल्लीकोटमा जन्मिएका सिंहको२०२९ सालमा कम्युनिष्ट पार्टी पुष्पलाल समुहबाट राजनीति यात्रा शुरु भएको हो ।

पुष्पलाल समुहसँग असन्तुष्ट भई नारायणमान बिजूक्छें ‘रोहित’ सँगै नेपाल मजदुर किसान संगठनमा लागे, अध्यक्षमा ‘रोहित’ र उपाध्यक्ष सिंहले जिम्मेदवारी लिए । पछि त्यही मजदुर किसान संगठन नेपाल मजदुर किसान पार्टी
(नेमकिपा)मा परिणत भयो । सिंह २०४७ सालसम्म नेमकिपामै रहे ।

२०४६ सालपछि तत्कालिन मालेका महासचिव मदनकुमार भण्डारीको देखिएको लहरसँगै सिंह मालेमा प्रवेश गरे । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी) र मालेको एकीकरणपछि भएको ५ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

एमालेबाट २०४८ साल असार १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । भाग्यमानी सिंह गोला प्रथाबाट ६ बर्षको लागि सांसद चुनिए । एमालेबाट राष्ट्रिय सभाको सचेतक भए । २०५६ सालको आम निर्वाचनमा कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । एमालेबाट उम्मेदवार बनेका सिंहले कांग्रेस नेता नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए ।

मुलुकमा असहज अवस्था भएको बेलामा सिंहले एमाले छोडे र नयाँ पार्टी खोले । उनले समाजवादी लोकतान्त्रिक जनता पार्टी स्थापना गरी अध्यक्ष भए । त्यही पार्टीको नाम फेरेर समाजवादी जनता पार्टी राखियो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा समाजवादी जनता पार्टीले समानुपातिकबाट एक सिट प्राप्त ग¥यो । त्यो बेला सिंह आफै संविधान सभा सदस्य बने ।

२०७० सालको दोस्रो संविधान सभामा समाजवादी पार्टीले समानुपातिकबाट एक सिट प्राप्त ग¥यो । त्यसबेला पनि सिंह संविधान सभा सदस्य बन्न सफल भए ।

६ पटक मन्त्री

लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एमाले–राप्रपाको संयुक्त सरकार २०५३ साल चैत्र १२ गते पहिलो पटक सिंह कानुन तथा न्यायमन्त्री भएका थिए । राष्ट्रिय सभाको पदावधी सकिएपछि राजीनामा दिएका सिंह पुनः २०५४ साल असार १५ गते कानुन तथा न्यायमन्त्रीमा नै मनोनित भए ।

पहिलो संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहालको सरकार ढलेपछि बनेको एमाले नेता माधवकुमार नेपालको नेतृत्वको सरकारमा मन्त्री हुँदै ह्याट्रिक गरे । २०६६ साल असार १९ गते तेस्रो पटक सिंह कानुन तथा न्यायमन्त्रीकै कुर्सीमा पुगे ।

दोस्रो संविधान सभामा पुनः संविधान सभा सदस्य भएका सिंह २०७२ साल पुस ९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा खानेपानी तथा सरसफाईमन्त्रीमा नियुक्त भए । उनी २ पटक खानेपानी तथा सरसफाइमन्त्री बनेका छन् ।

ओलीको सरकार ढालेपछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि उनी ६ माघ २०७३ मा पाँचौ पटक मन्त्री बने । उनलाई त्यो बेला खानेपानी तथा सरसफाईमन्त्रीकै जिम्मेवारी दिइयो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको जम्बो मन्त्रिपरिषदमा २०७३ फागुन २६ गते विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त भएका सिंह अहिलेसम्म ६ पटक मन्त्री बनिसकेका छन् । अहिले पनि उनी मन्त्रीकै जिम्मेवारीमा छन् ।

उनले संविधानसभाको विभिन्न समितिमा रहेर काम गरे । संविधान मस्यौदा गर्ने अन्तिम कार्यदलको सदस्य भएर संविधान सभा निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ‘देश र जनताको नाममा काम गरेकै कारण पटक पटक मन्त्री भएको हुँ’, उनले भनेका छन्, ‘त्यहीकारण मलाई सांसद र मन्त्री बन्ने अवसर मिलिरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.