योगेशलाई असहयोग गर्ने फुङ्लिङका मेयर एमालेबाट निष्काशित

योगेशलाई असहयोग गर्ने फुङ्लिङका मेयर एमालेबाट निष्काशित

सीताराम गुरागाईँ

ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै नेकपा एमाले ताप्लेजुङले फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई पार्टीबाट निष्कासित गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटि बैठकले प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले बताए ।

यस्तै जिल्ला कमिटि सदस्य तथा पूर्व सांसद भुपेन्द्र थेवे र उनकी पत्नी तथा सिरिजंघा गाउँपालिका–१ का वडाध्यक्ष उर्मीला थेवेलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको साम्सोहाङले वताए ।

यो बैठकमा कारबाही गरिएका तीनैजना उपस्थित थिएनन् । ‘बैठकमा उहाँहरुलाई बोलाएका थियौँ, तर आउनु भएन’, साम्सोहाङले भने । निष्काशित भएका तीनैजना जिल्ला कमिटि सदस्य हुन् । ताप्लेजुङबाट एमाले केन्द्रीय सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा र साम्सोहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.