ओली भन्छन्: गोठालाको छोरो हुँ, दम्भ छैन, बाँचुन्जेल इमानसाथ काम गर्छु
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ बोकेर नहिँडेको बताएका छन् । केही सञ्चारमाध्यममा चुनाव जितेपछि अध्यक्ष ओलीले दम्भ बोकेर हिँडेको समाचार आइरहेका बेला ओलीले बाँचुन्जेल इमानका साथ काम गर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती कार्यक्रमलाई ललितपुरको भैँसेपाटीमा शनिबार दिउँसो सम्बोधन गर्दै ओलीले गोठालाको छोराले शासकीय दम्भ र रवाफ देखाउनु कुनै जरुरी नभएको स्पष्टिकरण दिए
‘म गाई भैँसी चराएर हुर्किएको मान्छे । मैले शासकीय स्वभाव बोकेको पनि छैन, म शासक होइन, सेवक भएको मान्छे हो', उनले भने, 'मैले कहीँ कसैलाई दम्भ देखाउन आवश्यक छैन । हलो जोतेको बाबुको छोरो हुँ, मैले पनि हलो नै जोतेको हुँ । किन मैले दम्भ देखाउनु ? अब मेरो पुरै ध्यान देशको विकासमा लाग्नेछ ।'
'मेरो आयुको कसैले चिन्ता लिनुपर्दैन । ११ वर्षअघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने', उनले भावुक हुँदै भने,’उनले भने, ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन ।'
अध्यक्ष ओलीले सत्तापक्ष या प्रतिपक्ष सकैले पनि एकापसमा दम्भ देखाउनु जरुरी नभएको बताए । ‘म आफैँ गाई भैँसी चराएर हुर्किएको हो, मैले कोदालो पनि खनेको छु', उनले भावुक हुँदै भने, 'साधरण परिवारमा हुर्केको मान्छे मसँग केको दम्भ हुन्छ र ? आफ्नो बारीको साग टिपेर खाएको मान्छे हुँ, कसलाई दम्भ देखाउनू ?’
कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसका संस्थापक नेता किसुनजीसँग आफ्नो कहीँ कतै तुलना नहुने बताए । 'उहाँसँग मेरो कुनै पनि रुपमा तुलना हुन सक्दैन,' ओलीले भने, 'जहानियाँ राणा शासनबाट देशलाई नयाँ युगमा ल्याउने किसुनजीहरु नै हुनुहुन्छ । संसदमा उहाँसँगै बस्ने मौका पाएको थिएँ । उहाँ साह्रै सर र खुल्ला हृदयको व्यक्ति हुनुहुन्थ्यो ।'
ओलीले आफ्नो आयु निश्चित रहे पनि कसैले पिर चिन्ता लिन जरुरी नरहेको पनि प्रष्टोक्ति दिए । 'मेरो आयुको कसैले चिन्ता लिनुपर्दैन । ११ वर्षअघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने', उनले भावुक हुँदै भने,’उनले भने, ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन ।'