विजयी योद्धा भन्दै ओलीले लालबाबुलाई खादा ओढाए

विजयी योद्धा भन्दै ओलीले लालबाबुलाई खादा ओढाए

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोइरालालाई संसदीय चुनावमा पराजित गरेपछि धन्यवाद तथा घरदैलो कार्यक्रम सकेर काठमाडौं फर्किएका एमाले नेता लालबाबु पण्डितले शनिबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालसँग भेटघाट गरेका छन्।

ओली निवास बालकोट पुगेका पण्डितले अध्यक्ष ओलीलाई अभिवादन गर्दै ‘पार्टी र वाम गठबन्धनकै सानदार विजयका लागि धन्यवाद दिँदै खादा ओढाउँछु’ भन्दै अघि बढे। तर, ओलीले पण्डितलाई रोके र भने ‘युद्ध जितेर आए जस्तै चुनावमा विजयी हुनु भएको तपाईं योद्धा हो मलाई ओढाउन दिनुहोस्।’ पण्डितले इन्कार गरेनन् अनि ओलीले बधाई दिंदै पण्डितलाई खादा ओढाई दिए।

नेता झलनाथ खनालसँगको भेटमा पनि त्यस्तै भयो। पण्डितलाई त्यहाँ पनि शुभकामना दिइयो। अध्यक्ष केपी शर्मा ओलीसमक्ष पण्डितले विराटनगरमा इटहरीसहितका क्षेत्र मिलाएर गे्रटर विराटनगर बनाउन र प्रदेशको राजधानी तोक्न माग गरे। पण्डितका सहयोगी ओसिम आलमका अनुसार अध्यक्ष ओलीले यस विषयमा आफू सकारात्मक भएको जवाफ दिएका छन्।

पण्डितले दुबै नेतालाई आफ्नो आत्मवृत्तान्त सिंहदरबार बदल्ने संघर्ष उपहार स्वरुप दिए। पण्डितले भने,‘वृहत्तर विराटनगर बनाएर यो क्षेत्रको समग्र विकास गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.