एमाले र माओवादी केन्द्रलार्इ हवार्इ जहाजले दियो धोका
काठमाडौँ : पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।
मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेकाक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ फर्कन नसकेपछि बैठक स्थगित भएको हो ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक शनिबारलार्इ स्थगित भएको हो ।
यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका दुवै पार्टीका नेताहरुले बताएका छन् । शनिबारै आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।
दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ ।
पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।