प्रदेश ५ को राजधानी दाङको विकल्प छैन : महरा

प्रदेश ५ को राजधानी दाङको विकल्प छैन : महरा

घोराही। उपप्रधानमन्त्री कृष्णबहादुर महराले पाँच नं प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताएका छन्।दाङ प्रदेश २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आइतबार विहानै देखि भेटघाट तथा घरदैलो सुरु गरेका महराले दाङ राजधानी हुने कुरामा शंक नगर्न सबैलाई आग्रह गरे। महराले अहिले सम्म आफूले राजनीतिमा कहिले हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने दावी गरे।

भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नं प्रदेशको राजधानी हुन उपर्युक्त भएको महराको भनाई छ। वुटवललाई मुलुककै पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने उनले बताए।

दाङ राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भइसकेको उनको भनाई थियो।

महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरे। एकता पछि प्रधानमन्त्री र पार्टी एकता फरक फरक व्यक्ति हुने उनले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.