बलबुतामा चलिरहेको हिमालयन शेर्पा क्लब

बलबुतामा चलिरहेको  हिमालयन शेर्पा क्लब

काठमाडाै‌: हिमालयन शेर्पा क्लबले मंसिर पहिलो साता प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको उपाधि जित्यो। भर्खरै झापामा खेलेको क्लबले त्यसपछि सुनसरीको दुहबीमा खेल्यो। देशका विभिन्न ठाउँमा भइरहेका गोल्डकपमा सक्रिय सहभागिता जनाउने गरेको छ, हिमालयन शेर्पा क्लबले।

लामो समय लिग गेम नहुँदा धेरै परिचित क्लब समस्यामा छन्। लिगको टुंगो नहुँदा धेरै क्लबसँग त अहिले खेलाडी नै छैनन्। तर, हिमालयनले अप्ठ्यारो परिस्थितिमा पनि खेलाडीहरू पालेर राखेको छ। क्लबका प्रशिक्षक नवीन पाण्डे क्लबले धेरै पारिश्रमिक तोकेर लामो समयसम्म खेलाडी पाल्न  सक्नुभन्दा ठिक्क पारिश्रमिकमा निरन्तर खेलाडी पाल्ने र क्लब सञ्चालन गर्ने नीति लिएको बताउँछन्।

क्लबसँग अहिले अन्डर १८ का चार जना, बी डिभिजनमा चार र अन्डर १९ का दुई जना खेलाडी छन्। पाण्डे भन्छन्, ‘हामी नयाँ खेलाडीलाई बिल्डअप गर्न चाहन्छौँ।’ सन् २००६ मा स्थापना भएको हिमालयन शेर्पाले पहिलो म्याच खेलकुद पत्रकारसँग खेलेको थियो। त्यही वर्ष क्लबले सिन्धुली कप जित्यो। सन् २००७ मा बी डिभिजनमा उक्लिएको क्लबले त्यो साल आहा गोल्डकपमा क्वार्टर फाइनलसम्मको यात्रा गर्‍यो।

himalayan-sherpa

सोही वर्ष सयपत्री गोल्डकपको विजेता बन्यो अनि सानो गौचरण कपमा सेमिफाइनलसम्म पुग्यो। सन् २००८ मा अलस्टार कप, बी डिभिजन फुटबल र प्रोग्रेसिभ स्टार कपमा रनरअप बनेको क्लब त्यही वर्ष महेन्द्र खड्का स्मृति कपमा सेकेन्ड रनरअप र नारायणघाट गोल्डकपमा सेमिफाइनलसम्म पुग्यो।

सन् २००९ मा ए डिभिजनमा पुगेको हिमालयन शेर्पाले त्यस वर्ष भीमनारायण कप र बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमै चित्त बुझाउनुपर्‍यो। सन् २०१० मा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सानमिगेल कप विजेता बनेपछि क्लबको चर्चा अझै चुलियो।सन् २०१३ मा लिगमा दोस्रो भएको क्लब अहिले लिग नहुँदा विभिन्न जिल्लामा हुने गोल्डकपहरूमा खेलिरहेको छ।

हिमालयन शेर्पालगायत क्लबले एक समय एन्फाका गलत गतिविधिविरुद्ध आवाज उठाएका थिए। त्यसपछि एन्फाले ती क्लबलाई प्रतिबन्ध लगायो। ‘खेल हुनुअघि दिनुपर्ने पैसा माग्दा एन्फाले प्रतिबन्ध लगायो र पछि खुल्ला गर्‍यो,’ प्रशिक्षक पाण्डे भन्छन्, ‘पहिला दिनुपर्ने पैसा नदिएपछि क्लबहरूले समयमा खेलाडी तयार गर्न गाह्रो हुन्छ। त्यसले गर्दा फुटबलमा क्लबहरू पछि परेका छन्।’

सन् २०१३ मा लिगमा दोस्रो भएको क्लब अहिले लिग नहुँदा विभिन्न जिल्लामा हुने गोल्डकपहरुमा खेलिरहेको छ ।

एन्फाले समयमा लिग गराउन नसक्दा क्लबहरू घाटामा छन्। हिमालयन शेर्पामा पनि यही समस्यामा छ। क्लबका १३ जना खेलाडीलाई प्रशिक्षक पान्डेले आफ्नै खर्चबाट तलब दिएर राखेका छन्।

क्लबहरूमा नयाँ पुस्ताका खेलाडीको खडेरी छ। अहिले एन्फाले आफैँ टेक्निकल सेन्टर चलाएर खेलाडी उत्पादन गरिरहेको छ। तर, एन्फाले क्लबलाई सहयोग गरेर क्लबलाई नै उत्पादन गर्न जिम्मा दिनुपर्ने विचार क्लबको छ। एन्फामा हालै फिफाबाट २.२५ करोड पैसा आएको छ। त्यो पैसाले क्लबहरूलाई उचित सहयोग गरेर खेलाडी उत्पादन गर्न एन्फाले सहयोग गर्नुपर्ने पाण्डेको सुझाव छ।

खेल क्षेत्रका दुःख पार गर्दै टिम अगाडि बढाइरहेको हिमालयन शेर्पाले हाल टीआईए ग्राउन्डलाई होमग्राउन्डका रूपमा लिएको छ। चपलीमा आफ्नै ग्राउन्ड निर्माण गरिरहेको क्लबले फुटबललाई नारामा होइन, व्यवहारमै व्यावसायिक बनाउने उद्देश्य बोकेको प्रशिक्षक पाण्डेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.